नेपालमा चक्रवातको प्रभाव : एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस | Khabarhub Khabarhub

नेपालमा चक्रवातको प्रभाव : एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ ।

हिन्द महसागरदेखि शुरू भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखा प्रमुख मौसमविद् अर्चना श्रेष्ठ भनिन्, ‘चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने कुरालाई मध्यनजर गर्दै कम्तिमा एक साता आरोहण रोक्न हामीले पर्यटन मन्त्रालयलाई सुझाव दिएका छौँ ।’

पर्यटनमन्त्री भानुभक्त ढकालले विभागको सुझावबारे परिस्थिती हेरेर अघि बढ्ने बताएका छन् । पर्यटन विभागको आरोहण शाखाकी प्रवक्ता मीरा आचार्यले सकभर आरोहण बन्द गर्ने पक्षमा आफूहरु नरहेपनि मौसम विभागको सूचनालाई लिएर छलफल भइरहेको जानकारी दिइन् ।

नेपालमा बुधबारदेखि उक्त चक्रवातको असर देखिन शुरू हुने भएको छ । यो साता घाम नलाग्ने र नेपालमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताइन् ।

सुदूरपश्चिमामा हावाहुरी लाग्ने, चट्याङ पनि पर्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे । सुदुरपश्चिम र पश्चिममा भारी वर्षा हुने भएपनि काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

नेपालमा चक्रवातको सीधा असर नपर्ने भएपनि आगामी आइतबारदेखि मौसममा सुधार आउने विभागले जनाएको छ ।

हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात अहिले १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ । समुद्र तटीय क्षेत्र केरला र मुम्बईमा क्षति पुर्‍याउँदै उक्त चक्रवात गुजराततर्फ अघि बढिरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ३ : ०१ बजे

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन‍– नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

दोधारा चाँदनी- सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन