नेपालमा चक्रवातको प्रभाव : एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस « Khabarhub

नेपालमा चक्रवातको प्रभाव : एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ ।

हिन्द महसागरदेखि शुरू भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखा प्रमुख मौसमविद् अर्चना श्रेष्ठ भनिन्, ‘चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने कुरालाई मध्यनजर गर्दै कम्तिमा एक साता आरोहण रोक्न हामीले पर्यटन मन्त्रालयलाई सुझाव दिएका छौँ ।’

पर्यटनमन्त्री भानुभक्त ढकालले विभागको सुझावबारे परिस्थिती हेरेर अघि बढ्ने बताएका छन् । पर्यटन विभागको आरोहण शाखाकी प्रवक्ता मीरा आचार्यले सकभर आरोहण बन्द गर्ने पक्षमा आफूहरु नरहेपनि मौसम विभागको सूचनालाई लिएर छलफल भइरहेको जानकारी दिइन् ।

नेपालमा बुधबारदेखि उक्त चक्रवातको असर देखिन शुरू हुने भएको छ । यो साता घाम नलाग्ने र नेपालमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताइन् ।

सुदूरपश्चिमामा हावाहुरी लाग्ने, चट्याङ पनि पर्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे । सुदुरपश्चिम र पश्चिममा भारी वर्षा हुने भएपनि काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

नेपालमा चक्रवातको सीधा असर नपर्ने भएपनि आगामी आइतबारदेखि मौसममा सुधार आउने विभागले जनाएको छ ।

हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात अहिले १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ । समुद्र तटीय क्षेत्र केरला र मुम्बईमा क्षति पुर्‍याउँदै उक्त चक्रवात गुजराततर्फ अघि बढिरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ३ : ०१ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी