नवलपुरमा दश दिन निषेधाज्ञा थपियो | Khabarhub Khabarhub

नवलपुरमा दश दिन निषेधाज्ञा थपियो


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- पूर्वी नवलपरासी जिल्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएममसी)को शोमबार बसेको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । निषेधाज्ञा जेठ १४ गते राति १२ बजेसम्म लागु हुनेछ । यसअघि जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसैगरी, बैंकहरु आलोपालो गरेर खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

तरकारी तथा खाद्य सामग्री खरिद गर्ने बाहनामा घरबाट निस्कने मानिसहरुले संक्रमण फैलाएको भन्दै नवलपुरमा तरकारी तथा खाद्य सामग्री पसल पनि निश्चित समयका लागि मात्र खोल्ने निर्णय भएको छ ।

त्यसैगरी, कोभिड १९ नियन्त्रणका लागि जनस्तरबाट भएको सहयोगहरु जिल्ला स्तरको विपद् व्यवस्थापन समिति मार्फत एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्नुपर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : ०५ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई