प्राकृतिक विपदको चपेटामा सिन्धुपाल्चोक « Khabarhub

प्राकृतिक विपदको चपेटामा सिन्धुपाल्चोक


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ ले यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम धेरै रहेको र १८ लाख मानिस प्रभावित हुनसक्ने अनुमान गर्दैगर्दा असारको पहिलो दिन नै सिन्धुपाल्चोकमा ठूलो विपत्ति आइलाग्यो ।

यस वर्षको मनसुन जेठ २८ मा शुरू भएपछि निरन्तरजसो झरी परिरहेको छ । मङ्गलबार साँझदेखि एक्कासि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रह्मायणी र भोटेकोशीमा भीषण बाढी आयो । बाढीमा परी जनधनको क्षति भयो । यो समाचार तयार पार्दासम्म हेलम्बुस्थित इन्द्रावती नदीमा आएको बाढीमा परेका १ जनाको शव भेटिएको छ भने ६ जना बेपत्ता छन् ।

इन्द्रावतीको बाढीले मेलम्ची बजारबाट चौतारा जोड्ने र मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको अर्को पुल पनि बगाएको छ । कति धनजनको क्षति भयो भन्ने विवरण आइसकेको छैन ।

सिन्धुपाल्चोकमा आइलागेको विपदको यो पछिल्लो घटना हो । सात वर्षयता सिन्धुपाल्चोक जिल्लामा मात्र प्राकृतिक विपत्तिका ठूला घटना दोहोरिरहेका छन् । जुरेको पहिरो, भूकम्प, भोटेकोशीको बाढी हुँदै अहिलेको घटनासम्म आइपुग्दा सिन्धुपाल्चोकमा मात्र ४ हजार जनाभन्दा बढीको ज्यान ज्यान गमेको छ र भौतिक क्षति भएको छ ।

सिन्धुपाल्चोमा सात वर्षका प्राकृतिक विपद

–२०७१ साउन १७ गते जुरेमा गएको पहिरोमा परी १४५ जनाको मृत्यु भयो, १५३ घर मा पूर्णरूपमा क्षति पुग्यो ।

–२०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको परकम्पमा गरी ३ हजार ५७१ जनाको मृत्यु भयो, १ हजार ५६५ जना घाइते भए, ८ जना बेपत्ता भए, ७८ हजार ५३७ घरमा पूर्ण क्षति भयो ।

–२०७३ असार २१ गते भोटेकोशी नदीमा एक्कासि बाढी आउँदा लिपिङ बजारका ३० घर बगे, थप ३० घरमा क्षति पुग्यो ।

–२०७४ साउन ८ गते लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद भयो ।

–२०७५ भदौ २ गते साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो, २२ घरमा क्षति पुग्यो, १२ घर जोखिममा परे ।

–२०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए, ४७ घरमा क्षति पुग्यो ।

–२०७७ असार ३१ गते भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा पहिरोमा परी ५ जनाको मृत्यु भयो, ३ वटा घरमा पूर्णरूपमा क्षति भयो ।

–२०७७ साउन १८ गते मेलम्ची नगरपालिकामा पहिरोमा परी ९ जनाको मृत्यु भयो ।

–२०७७ साउन ३० बिहान जुगल गाउँपालिका–२, गोल्चेस्थित लिदीमा गएको पहिरोमा ३७ घर पुरिए, ३९ जनाको मृत्यु भयो ।

–२०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रह्मायणी र भोटेकोशीमा भीषण बाढी आयो, क्षतिको विवरण आउन बाँकी छ ।

२०७१ साल यता सिन्धुपाल्चोका हरेक वर्ष ठूला प्राकृतिक विपत्तिका घटना भएको छ । कमजोर भूबनोट, नदी किनारमा केन्द्रित अव्यवस्थित बसोबासलगायतका कारण सिन्धुपाल्चोकमा बर्सेनी ठूला विपत्तिका घटना हुने गरेको विश्लेषण गरिएको छ ।

१८ लाख मानिस प्रभावित हुने अनुमान

यसवर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यो वर्ष धेरै वर्षा हुने जनाएको छ ।

गत वर्ष विपद्बाट देशभरमा ५७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सयभन्दा बढीको ज्यान गएको थियो । यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा बढी जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने अनुमान छ ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : ३४ बजे

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु

व्यापार र विकास सहकार्यमा नेपालको आग्रह

काठमाडौं- नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास