प्राकृतिक विपदको चपेटामा सिन्धुपाल्चोक | Khabarhub Khabarhub

प्राकृतिक विपदको चपेटामा सिन्धुपाल्चोक


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ ले यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम धेरै रहेको र १८ लाख मानिस प्रभावित हुनसक्ने अनुमान गर्दैगर्दा असारको पहिलो दिन नै सिन्धुपाल्चोकमा ठूलो विपत्ति आइलाग्यो ।

यस वर्षको मनसुन जेठ २८ मा शुरू भएपछि निरन्तरजसो झरी परिरहेको छ । मङ्गलबार साँझदेखि एक्कासि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रह्मायणी र भोटेकोशीमा भीषण बाढी आयो । बाढीमा परी जनधनको क्षति भयो । यो समाचार तयार पार्दासम्म हेलम्बुस्थित इन्द्रावती नदीमा आएको बाढीमा परेका १ जनाको शव भेटिएको छ भने ६ जना बेपत्ता छन् ।

इन्द्रावतीको बाढीले मेलम्ची बजारबाट चौतारा जोड्ने र मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको अर्को पुल पनि बगाएको छ । कति धनजनको क्षति भयो भन्ने विवरण आइसकेको छैन ।

सिन्धुपाल्चोकमा आइलागेको विपदको यो पछिल्लो घटना हो । सात वर्षयता सिन्धुपाल्चोक जिल्लामा मात्र प्राकृतिक विपत्तिका ठूला घटना दोहोरिरहेका छन् । जुरेको पहिरो, भूकम्प, भोटेकोशीको बाढी हुँदै अहिलेको घटनासम्म आइपुग्दा सिन्धुपाल्चोकमा मात्र ४ हजार जनाभन्दा बढीको ज्यान ज्यान गमेको छ र भौतिक क्षति भएको छ ।

सिन्धुपाल्चोमा सात वर्षका प्राकृतिक विपद

–२०७१ साउन १७ गते जुरेमा गएको पहिरोमा परी १४५ जनाको मृत्यु भयो, १५३ घर मा पूर्णरूपमा क्षति पुग्यो ।

–२०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको परकम्पमा गरी ३ हजार ५७१ जनाको मृत्यु भयो, १ हजार ५६५ जना घाइते भए, ८ जना बेपत्ता भए, ७८ हजार ५३७ घरमा पूर्ण क्षति भयो ।

–२०७३ असार २१ गते भोटेकोशी नदीमा एक्कासि बाढी आउँदा लिपिङ बजारका ३० घर बगे, थप ३० घरमा क्षति पुग्यो ।

–२०७४ साउन ८ गते लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद भयो ।

–२०७५ भदौ २ गते साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो, २२ घरमा क्षति पुग्यो, १२ घर जोखिममा परे ।

–२०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए, ४७ घरमा क्षति पुग्यो ।

–२०७७ असार ३१ गते भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा पहिरोमा परी ५ जनाको मृत्यु भयो, ३ वटा घरमा पूर्णरूपमा क्षति भयो ।

–२०७७ साउन १८ गते मेलम्ची नगरपालिकामा पहिरोमा परी ९ जनाको मृत्यु भयो ।

–२०७७ साउन ३० बिहान जुगल गाउँपालिका–२, गोल्चेस्थित लिदीमा गएको पहिरोमा ३७ घर पुरिए, ३९ जनाको मृत्यु भयो ।

–२०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रह्मायणी र भोटेकोशीमा भीषण बाढी आयो, क्षतिको विवरण आउन बाँकी छ ।

२०७१ साल यता सिन्धुपाल्चोका हरेक वर्ष ठूला प्राकृतिक विपत्तिका घटना भएको छ । कमजोर भूबनोट, नदी किनारमा केन्द्रित अव्यवस्थित बसोबासलगायतका कारण सिन्धुपाल्चोकमा बर्सेनी ठूला विपत्तिका घटना हुने गरेको विश्लेषण गरिएको छ ।

१८ लाख मानिस प्रभावित हुने अनुमान

यसवर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यो वर्ष धेरै वर्षा हुने जनाएको छ ।

गत वर्ष विपद्बाट देशभरमा ५७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सयभन्दा बढीको ज्यान गएको थियो । यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा बढी जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने अनुमान छ ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : ३४ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र