भारतमा थप ६७ हजार संक्रमित, १ हजार ४११ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भारतमा थप ६७ हजार संक्रमित, १ हजार ४११ संक्रमितको मृत्यु


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६७ हजार संक्रमित थपिएका छन् ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६७ हजार २९४ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९६ लाख ९९ हजार ५५५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ८ लाख ३३ हजार ८० जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार ४११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ९३१ पुगेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : ३० बजे

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल 

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

अमरगढी– डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । छ

रविको पक्षमा उभिँदै बाबुरामले पुराना दललाई तुलना गरे कंशसँग 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूलाई महाभारतका पात्र

प्रज्ञा, चेतना र सिर्जनाको लालमोहर ‘चोमोलुङमा’

सन् २०१६ मा हङकङ आएका रोशन यक्सो  स्तरीय कविता लेख्ने

चुरेका नाङ्गा डाँडामा हरियाली अभियान

सिरहा– जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन्