बेपत्ता २० मध्ये ४ जना सम्पर्कमा, थप एकको शव फेला « Khabarhub

बेपत्ता २० मध्ये ४ जना सम्पर्कमा, थप एकको शव फेला


३ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा बेपत्ता भएका २० जनामध्ये चार जना सम्पर्कमा आएका छन् ।

आज बिहान एक जनाको शव पनि फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक छन् । उनको नाम पत्ता लागी नसकेको खनालले बताए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अझै पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत २ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भएका छन् । यसअतिरिक्त अरु ८ जना स्थानीय सम्पर्कबिहीन भएको प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उनीहरुको खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ । घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको छ । एक जनाको धुलिखेल अस्पताल र ३ जनाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार बाढी पहिरोका कारण हालसम्म चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन् ।

बाढीबाट मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीयवासी प्रभावित भएको प्रशासनको आकलन छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ५० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस