बाढीको उच्च जोखिममा गाइघाट बजार « Khabarhub

बाढीको उच्च जोखिममा गाइघाट बजार


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छन् ।

प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघाट बजार बाढीको उच्च जोखिम देखिएको हो ।

वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । ‘खोला नियन्त्रणका लागि बलियो तटबन्धन निर्माण नहुँदा गाइघाट बजार बाढीको उच्च जोखिममा छ’, स्थानीयवासी शिबबहादुर कार्कीले भने, ‘बरुवा खोला किनारका पुराना साना तटबन्धहरु बाढीले वर्षेनि भत्काउँदै आएको छ । कमजोर तटबन्धका कारण गाइघाट बजार अहिले उच्च जोखिममा परेको छ ।’

ट्रयाक्टर व्यवसायीहरुले खोला किनार र तटबन्ध क्षेत्रमा समेत मनपरी उत्खनन गरेर ढुङगा निकाल्ने गर्नाले बरुवा खोलाको पुरानो तटबन्ध क्षेत्र कमजोर भएका कारण गाइघाट बजार नै उच्च जोखिमा रहेको उनको भनाइ छ ।

गत वर्षको बाढीले झण्डै सय मिटरभन्दा बढी तटबन्ध तथा बाँध भत्काएपछि नगरपालिकाको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले हजारौं बोरामा बालुवा राखेर सो तटबन्ध मर्मत गरेका थिए । यहाँका बासिन्दा वर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको अर्का स्थानीयवासी जीतबहादुर कार्कीको भनाइ छ ।

खोलामा दैनिक पानीको बहाव बढ्न थालेपछि स्थानीयवासी बारम्बार त्रसित हुने गरेका छन् । अत्यधिक पानी परेको अवस्थामा बाढी आएमा गाइघाट बजार खतरामा पर्ने भन्दै स्थानीयवासी रणबहादुर कटुवालले चिन्ता व्यक्त गरे । समयमै विपत् न्यूनीकरण गर्न दीर्घकालीन हिसाबमा नसोच्ने हो भने गाइघाट बजार सङ्कटमा पर्ने उनको भनाइ छ ।

‘स्थायी रुपमा बलियो बाँध निर्माण नहुँदा २०३२ सालमा बरुवा खोलामा आएको बाढी गाइघाट बजारमा प्रवेश गर्दा पचास घर विस्थापित भएको थियो’, स्थानीयवासी ८३ वर्षीय रत्नबहादुर श्रेष्ठले भने, ‘२०३७ सालको बाढीले ११० घर विस्थापित भएको थियो भने २०४२ र २०४९ सालमा आएको बाढीले पनि सयौं घरपरिवार विस्थापित भएको थियो । गाइघाट बजारको जोखिम न्यूनीकरण गर्न अहिलेसम्म कुनै पनि निकायको ध्यान जान नसकेकाले त्यहाँको जोखिम जस्ताको तस्तै रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ३ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका