मदनकृष्ण लेख्छन्–के सोचें मैले, के भयो अहिले « Khabarhub

मदनकृष्ण लेख्छन्–के सोचें मैले, के भयो अहिले


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा हास्य कलाकार मदनकृष्ण यो समयमा घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् । कोरोना संक्रमणबाट मुक्त हुन नपाउदै शरीरमा अक्सिजन कमी भएपछि उनी मेडिसिटी अस्पताल भर्ना भए ।

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको केही दिनमै उनलाई छातीमा समस्या देखियो । बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा एन्जिओप्लास्टी मेडिकल प्रक्रियाले दुई स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरोध हटाइएको थियो ।

स्वास्थ्य लाभ गरिरहे पनि उनी सामाजिक सञ्जालमा समय–समयमा विगत र वर्तमानको सम्झना गरिरहन्छन् । बिहीबार उनले आफ्नो आधिकारिक फेसबुक पेजमा सहपाठी हरिवंश आचार्यसँगको उनको एक तस्वीर पोस्ट गरे ।

तस्वीरमा उनी कुनै आमसभामा उभिएर बोलिरहेका छन् । तस्वीर २०६२–०६३ को जनआन्दोलनको हुनसक्ने अनुमान गरिएको छ ।

‘यो तस्वीरमा यसरी एकजुट भएर सडकमा उत्रेको दिन । नेता भनाउँदाहरु आज जनतामुखी, विकासमुखी र आफ्नो राष्ट्रमुखी हुनुको सट्टा’, उनी लेख्छन्, ‘यस्तो विघ्न पैसामुखी, कुर्सीमुखी र आ–आफ्ना परिवारमुखी होला भन्ने के थाहा थियो र !!!’

उनले पोस्टमा गीत ‘के सोचें मैले के भयो अहिले’ स्मरण गरेका छन् । ‘‘के सोचें मैले, के भयो अहिले’भन्ने गीत जस्तै । छि ! ’ उनले लेखेका छन् ।

मदनकृष्ण वर्तमान राजनीति र नेताको कार्यशैलीप्रति असन्तुष्ट छन् भन्ने उनको यो पोस्टबाट प्रष्ट बुझ्न सकिन्छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  २ : ०० बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण