मदनकृष्ण लेख्छन्–के सोचें मैले, के भयो अहिले « Khabarhub

मदनकृष्ण लेख्छन्–के सोचें मैले, के भयो अहिले


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा हास्य कलाकार मदनकृष्ण यो समयमा घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् । कोरोना संक्रमणबाट मुक्त हुन नपाउदै शरीरमा अक्सिजन कमी भएपछि उनी मेडिसिटी अस्पताल भर्ना भए ।

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको केही दिनमै उनलाई छातीमा समस्या देखियो । बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा एन्जिओप्लास्टी मेडिकल प्रक्रियाले दुई स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरोध हटाइएको थियो ।

स्वास्थ्य लाभ गरिरहे पनि उनी सामाजिक सञ्जालमा समय–समयमा विगत र वर्तमानको सम्झना गरिरहन्छन् । बिहीबार उनले आफ्नो आधिकारिक फेसबुक पेजमा सहपाठी हरिवंश आचार्यसँगको उनको एक तस्वीर पोस्ट गरे ।

तस्वीरमा उनी कुनै आमसभामा उभिएर बोलिरहेका छन् । तस्वीर २०६२–०६३ को जनआन्दोलनको हुनसक्ने अनुमान गरिएको छ ।

‘यो तस्वीरमा यसरी एकजुट भएर सडकमा उत्रेको दिन । नेता भनाउँदाहरु आज जनतामुखी, विकासमुखी र आफ्नो राष्ट्रमुखी हुनुको सट्टा’, उनी लेख्छन्, ‘यस्तो विघ्न पैसामुखी, कुर्सीमुखी र आ–आफ्ना परिवारमुखी होला भन्ने के थाहा थियो र !!!’

उनले पोस्टमा गीत ‘के सोचें मैले के भयो अहिले’ स्मरण गरेका छन् । ‘‘के सोचें मैले, के भयो अहिले’भन्ने गीत जस्तै । छि ! ’ उनले लेखेका छन् ।

मदनकृष्ण वर्तमान राजनीति र नेताको कार्यशैलीप्रति असन्तुष्ट छन् भन्ने उनको यो पोस्टबाट प्रष्ट बुझ्न सकिन्छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  २ : ०० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ