निषेधाज्ञा उल्लंघन गर्ने ५३५ सवारी साधनमाथि कारबाही « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने ५३५ सवारी साधनमाथि कारबाही


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने ५३५ वटा सवारी साधनमाथि कारबाही गरिएको छ ।

विहीबार ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चलाइएका सवारी साधनमाथि कारबाही गरेको हो ।

जसमा  ४२८ ओटा दुई पाङग्रे, ८० ओटा चारपाङ्ग्रे, ४ ओटा ट्याक्सी र २३ ओटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

असार १ गतेदेखि ७ गतेसम्म केही खुकुलो गर्दै निषेधाज्ञा थप भएको हो । निषेधाज्ञा खुकुलो  बनाएपछि उपत्यकामा सवारी साधानको अत्यधिक चाप बढेको छ ।

ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ भने चेकजाच पनि कडाइ गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ४ : १० बजे

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको