झापामा निजी क्षेत्रमार्फत भेन्टिलेटर जुटाउने अभियान शुरु « Khabarhub

झापामा निजी क्षेत्रमार्फत भेन्टिलेटर जुटाउने अभियान शुरु


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अस्पतालहरुमा भेन्टिलेटर अभावका कारण कोरोना संक्रमितहरुको उपचारमा कठिनाई भइरहेका बेला झापाको दमकमा निजी क्षेत्रमार्फत भेन्टिलेटर जुटाउने अभियान थालिएको छ ।

उद्योग वाणिज्य संघ दमकको अगुवाईमा गम्भिर प्रकिृतिका बिरामीहरुको उपचारको लागी भेण्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको हो । संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार कारोनाको दोश्रो लहरका संक्रमित घटि रहे पनि पुनः अर्को लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दौ भेन्टिलेटरको जोहो गर्ने अभियान थालिएको हो ।

यस्तै अन्य महामारीहरुको बेला समेत भेन्टिलेटर खाँचो पर्ने भएकाले दिर्घकालीन उपयोगका लागि यो अभियान थालिएको श्रेष्ठले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहका संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा भेण्टिलेटर खरिद समिति गठन गरिएको छ । समितिमार्फत तत्काललाई ५ वटा भेण्टिलेटर खरिद गर्ने गरी प्रक्रिया सुरु गरिएको प्रसाईले जानकारी दिए ।

सहयोग जुट्ने क्रम बढ्दै

उद्योग वाणिज्य संघ दमकले १ लाख ५१ हजार रुपैयाँ सुरुवाती रकम जम्मा गरेपछि अन्य ब्यवसायी तथा सर्वसाधारणबाट रकम संकलनको काम थालेको जनाएको छ । हालसम्म समितिमा १० लाख ५२ हजार रुपैयाँ जम्मा भएको भन्दै उनले उद्योग वाणिज्य संघ दमकको नाममा रहेको नविल वैंक दमक शाखाको खाता नम्बर ०२२०१०१७५०१४३५ मा रकम जम्मा गर्न सकिने समेत जानकारी दिए ।

विज्ञहरुको समितिले गरेको सिफारिसका आधारमा सोहि प्रकारको भेन्टिलेटर खरिदको प्रकृया अघि बढाइएको अध्यक्ष श्रेष्ठले बताए ।

औषधि व्यवासायी संघ झापा अध्यक्ष गौतम गुप्ताको संयोजकत्वमा चिकित्सक र ईन्जिनियर सहितको बिज्ञ समिति र उद्योग वाणिज्य संघ दमकका कार्य समिति सदस्य भरत चौलागाईं संयोजक रहेको भेण्टिलेटर खरिदका लागी अध्ययन तथा समन्वय उप समिति गठन गरिएको छ ।

यी दुवै समितिको सिफारिसका आधारमा खरिद प्रकृया अघि बढाइएको संघले जनाएको छ । यसै महिना भित्रमा भेन्टिेलर खरिद गरि दमकको सामुदायिक अस्पताल आम्दा अस्पतालमा जडान गर्ने लक्ष्य रहेको संयोजक प्रसाईले बताए ।

हाल दमकमा सरकारी र निजि क्षेत्रका अस्पतालहरु गरि जम्मा १४ जना भेण्टिलेटर रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ९ : १५ बजे

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं– मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने

पोखरामा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर (तस्बिरहरू)

काठमाडौं– पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण

बालबालिकालाई खाली पेटमा लिची खुवाउनु विषाक्तताको जोखिम : डा. अग्रवाल  

काठमाडौं– गर्मी मौसमममा फल्ने लिची स्वादिष्ट र सबैको प्रिय फल