झापामा निजी क्षेत्रमार्फत भेन्टिलेटर जुटाउने अभियान शुरु | Khabarhub Khabarhub

झापामा निजी क्षेत्रमार्फत भेन्टिलेटर जुटाउने अभियान शुरु


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अस्पतालहरुमा भेन्टिलेटर अभावका कारण कोरोना संक्रमितहरुको उपचारमा कठिनाई भइरहेका बेला झापाको दमकमा निजी क्षेत्रमार्फत भेन्टिलेटर जुटाउने अभियान थालिएको छ ।

उद्योग वाणिज्य संघ दमकको अगुवाईमा गम्भिर प्रकिृतिका बिरामीहरुको उपचारको लागी भेण्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको हो । संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार कारोनाको दोश्रो लहरका संक्रमित घटि रहे पनि पुनः अर्को लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दौ भेन्टिलेटरको जोहो गर्ने अभियान थालिएको हो ।

यस्तै अन्य महामारीहरुको बेला समेत भेन्टिलेटर खाँचो पर्ने भएकाले दिर्घकालीन उपयोगका लागि यो अभियान थालिएको श्रेष्ठले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहका संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा भेण्टिलेटर खरिद समिति गठन गरिएको छ । समितिमार्फत तत्काललाई ५ वटा भेण्टिलेटर खरिद गर्ने गरी प्रक्रिया सुरु गरिएको प्रसाईले जानकारी दिए ।

सहयोग जुट्ने क्रम बढ्दै

उद्योग वाणिज्य संघ दमकले १ लाख ५१ हजार रुपैयाँ सुरुवाती रकम जम्मा गरेपछि अन्य ब्यवसायी तथा सर्वसाधारणबाट रकम संकलनको काम थालेको जनाएको छ । हालसम्म समितिमा १० लाख ५२ हजार रुपैयाँ जम्मा भएको भन्दै उनले उद्योग वाणिज्य संघ दमकको नाममा रहेको नविल वैंक दमक शाखाको खाता नम्बर ०२२०१०१७५०१४३५ मा रकम जम्मा गर्न सकिने समेत जानकारी दिए ।

विज्ञहरुको समितिले गरेको सिफारिसका आधारमा सोहि प्रकारको भेन्टिलेटर खरिदको प्रकृया अघि बढाइएको अध्यक्ष श्रेष्ठले बताए ।

औषधि व्यवासायी संघ झापा अध्यक्ष गौतम गुप्ताको संयोजकत्वमा चिकित्सक र ईन्जिनियर सहितको बिज्ञ समिति र उद्योग वाणिज्य संघ दमकका कार्य समिति सदस्य भरत चौलागाईं संयोजक रहेको भेण्टिलेटर खरिदका लागी अध्ययन तथा समन्वय उप समिति गठन गरिएको छ ।

यी दुवै समितिको सिफारिसका आधारमा खरिद प्रकृया अघि बढाइएको संघले जनाएको छ । यसै महिना भित्रमा भेन्टिेलर खरिद गरि दमकको सामुदायिक अस्पताल आम्दा अस्पतालमा जडान गर्ने लक्ष्य रहेको संयोजक प्रसाईले बताए ।

हाल दमकमा सरकारी र निजि क्षेत्रका अस्पतालहरु गरि जम्मा १४ जना भेण्टिलेटर रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ९ : १५ बजे

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा