नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन « Khabarhub

नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ ।

भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् ।

नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएको  कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

“नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ”, जोशीले भने, “ अब मासिक ६० हजार बचत हुने भयो ।”

नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक रु ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए । नयाँ आव २०७८/०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : २५ बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका