नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन | Khabarhub Khabarhub

नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ ।

भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् ।

नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएको  कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

“नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ”, जोशीले भने, “ अब मासिक ६० हजार बचत हुने भयो ।”

नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक रु ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए । नयाँ आव २०७८/०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : २५ बजे

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर– जेन-जी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

दमौली– यहाँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा

राष्ट्रपति र प्रधानमन्त्रीबीच फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच

अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेसँगै भन्सार नाकाबाट सामान आयात सुरु

सिन्धुपाल्चोक– पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुलेको छ।

कांग्रेसले छाड्यो मधेस सरकार, मुख्यमन्त्री सिंह अल्पमतमा परे

जनकपुरधाम– नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ