कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथिको आक्रमणको निन्दा | Khabarhub Khabarhub

कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथिको आक्रमणको निन्दा


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ ।

केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर साङ्गठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने उल्लेख गरेका छन् ।

कांग्रेसको आसन्न १४औँ महाधिवेशन तयारी सम्दर्भमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पनि घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको थियो ।

प्राप्त छोटो समय र कोभिड–१९ महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको कियाशील सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको विषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च प्रशंसा गरेको छ ।

समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहको नेतृत्व र सदस्यको जिम्मेवारी रहेको उल्लेख गर्दै प्रवक्ता शर्माले सदस्यतासम्बन्धी कुनै निर्णयउपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहीन र दण्डनीय गतिविधि अस्वीकार्य हुने बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ३४ बजे

कांग्रेस-एमालेले उपसभामुख रानाविरूद्ध तत्कालै महाभियोग प्रस्ताव नलैजाने

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तत्कालै प्रतिनिधिसभाकी उपभासमुख

‘बल्छी’ले सुरु गरे ‘गोबर गणेश’को छायाङ्कन, केदार पनि छन् ?

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यू निर्देशन रहने

छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीस्थित प्र.२-०३-००१ च १७९४ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

तनहुँ– यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा