माधव नेपाललाई गोकुल बास्कोटाको सुझाव- फुट्नेको हबिगत कहिल्यै राम्रो भएको छैन « Khabarhub

माधव नेपाललाई गोकुल बास्कोटाको सुझाव- फुट्नेको हबिगत कहिल्यै राम्रो भएको छैन


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी एकतामै बल हुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको बताए ।

माधव नेपाललाई विगतबाट सिक्न आग्रह गर्दै फुटेर जानेको कहिल्यै राम्रो नभएको बताएका छन् ।

‘चोइटिएका माओवादी’हरु मिल्ने तरखरमा रहेको भन्दै उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेकाले मिल्न सुझाव दिए ।

अब पनि नेपाल पार्टीमा नफर्किए छाडेर अघि बढ्नुपर्ने उनको बुझाइ छ । उनले भनेका छन्, ‘दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’

विगतमा फुटेको कांग्रेस, राप्रपा पनि मिलेको उदाहरण पेस गर्दै उनले भनेका छन्, ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीती हो।कोही चोइटिएर पनि सकिँदैन।देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ११ : ०५ बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका