रगत चाहिँदा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर « Khabarhub

रगत चाहिँदा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कालिकोट– जिल्ला अस्पता कालिकोटमा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् ।

अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुँदा रक्त सङ्कलनमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गरेका थिए ।

बिरामीलाई रगत अभाव भएमा फेसबुक पोष्ट गर्नुपर्ने र फोन गरी रक्तदातालाई बोलाउनुपर्ने अवस्था रहेको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले हालसम्म १३ र अस्पतालका स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक रगत दान गरिसकेका छन् ।

पचास श्ययाको अस्पताल सञ्चालनमा आउनेबित्तिकै अस्पतालमा ब्लड बैंक स्थापना गर्ने प्रमुख महतले जानकारी दिए । “ब्लड बैंक स्थापनाका लागि पहिले नै पहल गरिएको हो”, उनले भने, “बत्तीको अभावका कारणले स्थापना गर्न सकिएको थिएन ।”

जिल्लामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । “अहिले बिरामीलाई रगत अभाव भएमा फोन गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्य दाताहरुको सहयोगमा रगत प्राप्त गरिरहेका छौँ”, उनले भने, “रगत समयमा पाउन नसकेमा अन्य अस्पतालमा पठाउने गरेका छौँ । रगतको अभावमा बिरामीको ज्यान भने गएको छैन ।”

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ०५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक