१६ दिनदेखि सडक अवरुद्ध, दुग्ध ढुवानीमा समस्या « Khabarhub

१६ दिनदेखि सडक अवरुद्ध, दुग्ध ढुवानीमा समस्या


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन छ । एउटै पहिराले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पुर्‍याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिमामा समेत सवारी आवतजावत बन्द छ ।

गत असार १८ गते राति आएको पहिराले बागलुङ –१० एक्लेशालमा चार सडकमा क्षति पुर्‍याएको थियो । कालिगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड, बागलुङ कुश्मीशेरा सडक, करिडोरको वैकल्पिक सडक र एक्लेशाल–भकुण्डे सडक पहिरोले बगाएको हो । सडकको गहिराईबाट नै पहिरोले बगाएकाले सडक मर्मतमा समस्या भएको नगरपालिकाले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि दूध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी किसानले उत्पादन गर्ने दूधको ढुवानीमा समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा दूध उत्पादक किसान मर्कामा परेको कालिगण्डकी दूध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताए ।

बलेवाका किसानले उत्पादन गरेको दूध पर्वतको सदरमुकाम कुश्मा, पोखरा र बागलुङ बजारमा बिक्री हुने गरेको छ । बलेवा कुश्मा यान्त्रिक पुलको प्रयोग गरेर किसानले दूध बजार पुर्‍याएका छन् । पुलको प्रयोग गर्दा लाग्ने भाडाले उत्पादन खर्च बढाएको किसान गुरुदत्त आचार्यले गुनासो गर्नुभयो । चिस्यान केन्द्र पर्याप्त नहुँदा र समयमा बजारमा दूध नपुग्दा फाट्ने समस्या रहेको उनको भनाइ छ ।

बलेवाका किसानले दैनिक २०० लिटरभन्दा धेरै दूध उत्पादन गरेर बजार पठाउने गरेका छन् । “हाम्रो मुख्य पेसा नै यही हो”, उनले भने, “एक दिन दूध रोकिँदा व्यावसायिक किसानको हजारौँको क्षति हुन्छ ।”

वैकल्पिक सडकको व्यवस्था हुनुपर्ने उनको माग छ । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङलेसमेत आआफ्नोतर्फबाट सडक खुलाउने प्रयास गरिरहेका छन् ।

“काम निरन्तर भइरहेको छ, पहरो नै खसेकाले समस्या छ”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, “विकल्पसमेत केही छैन् ।”

तत्कालका लागि करिडोर मर्मतको प्रयास भएको हो । कालोपत्र भइसकेको बागलुङ कुश्मीशेरा सडक भने मर्मत गर्न महिनौँ लाग्ने गरी क्षति भएको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ३० बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक