१६ दिनदेखि सडक अवरुद्ध, दुग्ध ढुवानीमा समस्या | Khabarhub Khabarhub

१६ दिनदेखि सडक अवरुद्ध, दुग्ध ढुवानीमा समस्या


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन छ । एउटै पहिराले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पुर्‍याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिमामा समेत सवारी आवतजावत बन्द छ ।

गत असार १८ गते राति आएको पहिराले बागलुङ –१० एक्लेशालमा चार सडकमा क्षति पुर्‍याएको थियो । कालिगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड, बागलुङ कुश्मीशेरा सडक, करिडोरको वैकल्पिक सडक र एक्लेशाल–भकुण्डे सडक पहिरोले बगाएको हो । सडकको गहिराईबाट नै पहिरोले बगाएकाले सडक मर्मतमा समस्या भएको नगरपालिकाले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि दूध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी किसानले उत्पादन गर्ने दूधको ढुवानीमा समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा दूध उत्पादक किसान मर्कामा परेको कालिगण्डकी दूध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताए ।

बलेवाका किसानले उत्पादन गरेको दूध पर्वतको सदरमुकाम कुश्मा, पोखरा र बागलुङ बजारमा बिक्री हुने गरेको छ । बलेवा कुश्मा यान्त्रिक पुलको प्रयोग गरेर किसानले दूध बजार पुर्‍याएका छन् । पुलको प्रयोग गर्दा लाग्ने भाडाले उत्पादन खर्च बढाएको किसान गुरुदत्त आचार्यले गुनासो गर्नुभयो । चिस्यान केन्द्र पर्याप्त नहुँदा र समयमा बजारमा दूध नपुग्दा फाट्ने समस्या रहेको उनको भनाइ छ ।

बलेवाका किसानले दैनिक २०० लिटरभन्दा धेरै दूध उत्पादन गरेर बजार पठाउने गरेका छन् । “हाम्रो मुख्य पेसा नै यही हो”, उनले भने, “एक दिन दूध रोकिँदा व्यावसायिक किसानको हजारौँको क्षति हुन्छ ।”

वैकल्पिक सडकको व्यवस्था हुनुपर्ने उनको माग छ । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङलेसमेत आआफ्नोतर्फबाट सडक खुलाउने प्रयास गरिरहेका छन् ।

“काम निरन्तर भइरहेको छ, पहरो नै खसेकाले समस्या छ”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, “विकल्पसमेत केही छैन् ।”

तत्कालका लागि करिडोर मर्मतको प्रयास भएको हो । कालोपत्र भइसकेको बागलुङ कुश्मीशेरा सडक भने मर्मत गर्न महिनौँ लाग्ने गरी क्षति भएको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ३० बजे

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी

‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

काठमाडौं – काठमाडौंको ‘खुल्ला मञ्च’ अब सधैंका लागि खुला हुने

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर