फेरि बढ्यो सङ्क्रमण दर « Khabarhub

फेरि बढ्यो सङ्क्रमण दर


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो ।

निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । सङ्क्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने, “पछिल्लो समय कामपामा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।”

उनका अनुसार सधैँ लकडाउन गरेर पनि सम्भव हुँदैन केन्द्र सरकाले सक्दो छिटो सबै नागरिकलाई खोपको व्यवस्था गर्न आवश्यक छ । खोप ल्याइसकेपछि पनि बढी आवश्यकता भएको र मानिसको बढी भीड भएको स्थानमा प्राथमिकता हेरी प्रभावकारीरुपमा अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

कामपाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार अहिले परीक्षणका लागि नागरिक केन्द्रसम्म पनि आउँदैनन् । परीक्षणभन्दा पहिले नागरिकले खोपको माग गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : २२ बजे

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका