केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको निर्देशन « Khabarhub

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको निर्देशन


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविनकै क्रममा रहेका बेला घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र १ का सभापति बालकृष्ण बस्नेत एवं घटनामा संलग्न भएकाहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।

बस्नेत तथा आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टाभित्र स्पष्टीकरण पत्र काटेर ३ दिन भित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि निर्देशन दिएको जानकारी दिए । पदाधिकारी बैठकले कारबाहीको प्रक्रिया शुरु गर्न अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेलाई जिम्मा दिने निर्णय गरेको छ ।

क्रियाशील सदस्यताको छानविन स्थलमा पुगेर पार्टीको काम गरिरहेका नेताहरुमाथि हुने कुनै पनि प्रकारको आक्रमण अनुशासनविपरीत रहेको कांग्रेसको निष्कर्ष छ । घिमिरेमाथि शुक्रबार सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएका नेता मोहनबहादुर बस्नेत समूहका नेताहरुले कुटपिट गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : २८ बजे

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी