केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको निर्देशन « Khabarhub

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको निर्देशन


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविनकै क्रममा रहेका बेला घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र १ का सभापति बालकृष्ण बस्नेत एवं घटनामा संलग्न भएकाहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।

बस्नेत तथा आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टाभित्र स्पष्टीकरण पत्र काटेर ३ दिन भित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि निर्देशन दिएको जानकारी दिए । पदाधिकारी बैठकले कारबाहीको प्रक्रिया शुरु गर्न अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेलाई जिम्मा दिने निर्णय गरेको छ ।

क्रियाशील सदस्यताको छानविन स्थलमा पुगेर पार्टीको काम गरिरहेका नेताहरुमाथि हुने कुनै पनि प्रकारको आक्रमण अनुशासनविपरीत रहेको कांग्रेसको निष्कर्ष छ । घिमिरेमाथि शुक्रबार सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएका नेता मोहनबहादुर बस्नेत समूहका नेताहरुले कुटपिट गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : २८ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको