सोच्नुहोस् र धनी बन्नुहोस् | Khabarhub Khabarhub

सोच्नुहोस् र धनी बन्नुहोस्


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्न्सको जीवनमा अवसर अर्कै गरी आयो । जसको उनले आशासमेत गरेका थिएनन् । अवसरले व्यक्तिसित सधैँ यस्तै खालको चलाखी गर्छ । अवसर पछाडिको ढोकाबाट चुपचाप पस्छ । सधैँजसो यो दुर्भाग्य वा अस्थायी पराजयको भेषमा आउँछ । यही कारण धेरैजस्ता मानिसले अवसरलाई चिन्न सक्दैनन् ।

एडिसनले एउटा नयाँ यन्त्र बनाएका थिए । यन्त्रलाई एडिसन डिक्टेटिङ मेसिनको रुपले चिनिन्थ्यो । उनका सेल्समेनहरु त्यस मेसिनलाई लिएर उत्साहित थिएनन् । उनीहरुलाई त्यो मेसिन सजिलैसित बेच्न सकिन्छ भन्ने विश्वास थिएन । वार्न्सले त्यस समस्यामा आफ्नो अवसर देखे । अवसर चुपचाप उनको जीवनमा आएको थियो । त्यस मेसिनमा वार्न्स र एडिसन बाहेक कसैलाई रुचि थिएन ।

वार्न्सले त्यस मेसिनलाई बेच्न सकिन्छ भन्ने बुझेका थिए । उनले एडिसनलाई यसको सम्भावनाबारे बताए । एडिसनले उनलाई मेसिन बेच्ने मौका दिए । उनले सफलतापूर्वक त्यसलाई बेचे । उनको काममा रुचि देखेर एडिसनले उनलाई देशभर मेसिनको डिस्ट्रिब्युट र मार्केटिङ गर्ने कन्ट्र्याक्ट दिए । यस बिजनेसबाट वार्न्सले धेरै पैसा कमाए । पैसाभन्दा पनि ठूलो कुरा त उनले काम गरेर देखाए । व्यक्ति सोचेरै धनी बन्न सक्छ भनेर प्रमाणित गरिदिए ।

वार्न्सको मौलिक इच्छाको आर्थिक मूल्य उनका लागि के थियो त्यो त म जान्दिनँ । सायद यसबाट उनले बीस वा तीस लाख डलर कमाए । तर रकम महत्वपूर्ण होइन । महत्वपूर्ण त सिद्धान्तको सहारामा व्यक्तिले आफ्नो विचारलाई भौतिक पुरस्कारमा बदल्न सक्छ भनेर जान्नु हो ।

एडिसनसित पार्टनरसिपको कुरा गहनतापूर्वक सोच्दासोच्दै वार्न्स धनी बन्न सफल भए । सुरुमा उनीसित केही पनि थिएन । उनलाई धेरै कुरा थाहा थिएन । आफूले के चाहन्छु भन्नेमात्रै थाहा थियो । अनि उनमा आफ्नो इच्छा अनुसारको वस्तु प्राप्त गर्ने समयसम्म डटिरहने सङ्कल्प थियो ।

साभारः सोच्नुहोस् र धनी बन्नुहोस् पुस्तकबाट

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : २० बजे

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं– उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया