सोच्नुहोस् र धनी बन्नुहोस् « Khabarhub

सोच्नुहोस् र धनी बन्नुहोस्


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्न्सको जीवनमा अवसर अर्कै गरी आयो । जसको उनले आशासमेत गरेका थिएनन् । अवसरले व्यक्तिसित सधैँ यस्तै खालको चलाखी गर्छ । अवसर पछाडिको ढोकाबाट चुपचाप पस्छ । सधैँजसो यो दुर्भाग्य वा अस्थायी पराजयको भेषमा आउँछ । यही कारण धेरैजस्ता मानिसले अवसरलाई चिन्न सक्दैनन् ।

एडिसनले एउटा नयाँ यन्त्र बनाएका थिए । यन्त्रलाई एडिसन डिक्टेटिङ मेसिनको रुपले चिनिन्थ्यो । उनका सेल्समेनहरु त्यस मेसिनलाई लिएर उत्साहित थिएनन् । उनीहरुलाई त्यो मेसिन सजिलैसित बेच्न सकिन्छ भन्ने विश्वास थिएन । वार्न्सले त्यस समस्यामा आफ्नो अवसर देखे । अवसर चुपचाप उनको जीवनमा आएको थियो । त्यस मेसिनमा वार्न्स र एडिसन बाहेक कसैलाई रुचि थिएन ।

वार्न्सले त्यस मेसिनलाई बेच्न सकिन्छ भन्ने बुझेका थिए । उनले एडिसनलाई यसको सम्भावनाबारे बताए । एडिसनले उनलाई मेसिन बेच्ने मौका दिए । उनले सफलतापूर्वक त्यसलाई बेचे । उनको काममा रुचि देखेर एडिसनले उनलाई देशभर मेसिनको डिस्ट्रिब्युट र मार्केटिङ गर्ने कन्ट्र्याक्ट दिए । यस बिजनेसबाट वार्न्सले धेरै पैसा कमाए । पैसाभन्दा पनि ठूलो कुरा त उनले काम गरेर देखाए । व्यक्ति सोचेरै धनी बन्न सक्छ भनेर प्रमाणित गरिदिए ।

वार्न्सको मौलिक इच्छाको आर्थिक मूल्य उनका लागि के थियो त्यो त म जान्दिनँ । सायद यसबाट उनले बीस वा तीस लाख डलर कमाए । तर रकम महत्वपूर्ण होइन । महत्वपूर्ण त सिद्धान्तको सहारामा व्यक्तिले आफ्नो विचारलाई भौतिक पुरस्कारमा बदल्न सक्छ भनेर जान्नु हो ।

एडिसनसित पार्टनरसिपको कुरा गहनतापूर्वक सोच्दासोच्दै वार्न्स धनी बन्न सफल भए । सुरुमा उनीसित केही पनि थिएन । उनलाई धेरै कुरा थाहा थिएन । आफूले के चाहन्छु भन्नेमात्रै थाहा थियो । अनि उनमा आफ्नो इच्छा अनुसारको वस्तु प्राप्त गर्ने समयसम्म डटिरहने सङ्कल्प थियो ।

साभारः सोच्नुहोस् र धनी बन्नुहोस् पुस्तकबाट

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : २० बजे

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति