अफगानिस्तानबाट नेपालीको गुहार : हाम्रो चाँडै उद्धार होस् « Khabarhub

अफगानिस्तानबाट नेपालीको गुहार : हाम्रो चाँडै उद्धार होस्

१२७ नेपाली काठमाडौँ आइपुगे



दोहा– तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल भित्र रहेका ५० नेपालीले आफूहरूलाई छिटो भन्दा छिटो उद्धार गर्न अनुरोध गरेका छन् ।

सोमबार साँझ अफगानिस्तानबाट खबरहबसँगको सम्पर्कमा आएका रामेछापका डिल्ली खड्काले यहाँको अवस्था निकै भद्रगोल रहेको भन्दै आफूहरूलाई छिटो उद्धार गर्न अनुरोध गरेका छन् । उनी सन् २०११ देखि त्यहाँ कार्यरत छन् ।

‘हामी एउटै कम्पनीमा काम गर्ने ५० नेपाली उद्धारको पर्खाइमा रहेका छौ,’ खड्काले भने, ‘यहाँको अवस्था दयनीय छ बाहिर गोली हानाहान भइरहेको छ । हामीलाई जति बेला जे पनि हुन् सक्छ।’

नेपाल सरकारले उद्धारको लागि भदौ १० मा जहाज पठाउने भन्ने जानकारी आएको भन्दै उनले आफूहरूलाई तत्कालै आज/भोलि नै उद्धार गर्नु पर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘सरकारले छिटै उद्धार गर्छ भन्नेमा हामी ढुक्क छैनौँ, अन्य देशका नागरिकहरूलाई धमाधम उद्धार गरेर लागिरहेका छन् हाम्रो अभिभावकत्व लिने कोही भएन ।’

नेटोको जहाज विमानस्थलमा ल्याउन सकेको खण्डमा हामीलाई पनि उद्धार गर्ने भन्ने सुन्न आएको भन्दै उनले अहिले भगवान भरोसामा उद्धारको प्रतिक्षामा बसिरहेको बताए । अमेरिकी दूतावास र युरोपियन युनियनमा काम गर्ने नेपालीहरूलाई उद्धार गरी दोहा लगिएको भन्ने खबर सुनेको पनि उनले बताए ।

उद्धारको माग गर्दै अर्का एक नेपालीले भने, ‘श्रम स्वीकृति लिए आएका नेपालीहरूलाई त जेसो तसो उद्धार होला तर, गैरकानुनी रुपमा बसेका नेपालीको अवस्था के होला ?’

अफगानिस्तानमा करिव १ हजार ५ सय नेपाली रहेको नेपालको परराष्ट्र मन्त्रालयले जनाए पनि गैरकानुनी बाटो हुदैँ त्यहाँ पुगेका हजारौँ नेपाली अलपत्र परेको बताईएको छ । त्यहाँ नेपालीहरू संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन्।

अफगानिस्तान हेर्ने जिम्मा पाएको दिल्लीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्क भैरहेको र अहिलेसम्म सुरक्षित रहेको जनाउदै सबैलाई सकुशल उद्धारको लगि आवश्यक प्रक्रिया थालिएको जनाएको छ।

यता, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि आफ्नै खर्चमा जहाज पठाएर काबुलबाट नेपालीहरूको उद्धार गर्ने तयारी गरेको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तले सोमबारको सचिवालय बैठकमा अफगानिस्तानमा रहेका नेपालीको विषयमा संघ गम्भीर एवम चिन्तित रहेको भन्दै नेपाली फर्काउने विषयमा छलफल भएको बताए ।

तालिबानले काबुल कब्जामा लिए पछि त्यहाँका नागरिक विस्थापित हुन थालेका छन् । काबुल छोड्ने क्रममा त्यहाँ भागदौड छ मच्चिएको छ भने अफगानिस्तान छोड्न विमानस्थलमा भीड लागेको छ ।

१२७ नेपाली काठमाडौँ आइपुगे

यसैबीच अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् ।

अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएकोमा १२७ जना नेपाल आइपुगेका हुन् ।

नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ११ : १५ बजे

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र