प्रदेश १ मा ८६० जनामा कोरोना सङ्क्रमण « Khabarhub

प्रदेश १ मा ८६० जनामा कोरोना सङ्क्रमण


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६९२ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

जसमा एक हजार ४१० को पीसीआर परीक्षण गर्दा ४७० र एक हजार ४०४ को एन्टिजेन परीक्षण गर्दा ३९० जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९ मध्ये विराटनगरमा ३४, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८४, मोरङमा १४५ मध्ये विराटनगरमा ५४, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा सात, तेह्रथुम र उदयपुरमा चार चार, पाँचथर, सङ्खुवासभा र खोटाङमा एक एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ । सोही अवधिमा प्रदेशमा आजै ४१३ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष छन् । पछिल्लो जानकारीअनुसार दुई महिलासहित आठ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती