मानव अधिकार आयोगले भन्यो : अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नू « Khabarhub

मानव अधिकार आयोगले भन्यो : अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नू


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन्।

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा सरकारले गरेका प्रयासको बारेमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग आज आयोगमा गरिएको छलफलका क्रममा उनले सरकारलाई उक्त निर्देशन दिएका हुन् ।

अध्यक्ष मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपालीको उद्धार गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

छलफलमा सचिव पौडेल र विभागका महानिर्देशक दवाडीले सरकारले उद्धारका लागि कूटनीतिक पहल जारी राखेको, अफगानिस्तानस्थित विदेशी कूटनीतिक नियोगमा कार्यरत केही नेपालीको उद्धार भई सुरक्षित स्थानमा पु¥याइ सकिएको र बाँकीलाई सुरक्षितरुपमा नेपाल ल्याउन प्रयास भइरहेको जानकारी गराए ।

आयोगले अफगानिस्तानमा रहेका नेपालीको तथ्याङ्क र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षितरुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाको जीवन रक्षा गरी मानव अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अफगानिस्तानमा हालै देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपालीको जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरिएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “विशेष गरी श्रम स्वीकृति नलिई अन्य मुलुक हुँदै अफगानिस्तान पुगेका र भिसा अवधि समाप्त भएका नेपाली जोखिममा परेका र बेरोजगार अवस्थामा रहेकाले खान, बस्न समस्या भोगिरहेको जानकारी आयोगलाई प्राप्त भएको छ ।”

हाल अफगानिस्तानका लागि श्रम स्वीकृति रोकिएको र अन्य मुलुक हुँदै पनि नेपाली अफगानिस्तान प्रवेश गर्ने हुँदा पनि अफगानिस्तानमा रहेका नेपालीको यकिन तथ्याङ्क सरकारसँग नभएको पाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : २८ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री