काठमाडौँ– संविधानविद् डा. भीमार्जुन आचार्यले संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी भएको टिप्पणी गरेका छन् ।
दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै उनले उक्त टिप्पणी गरेका हुन् ।
‘हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन,’ संधिानविद् आचार्यले भने,’अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।’
यसअघि ओली नेतृत्वको सरकारले सोही अध्यादेश ल्याउँदा चौतर्फी विरोध भएपछि फिर्ता गरिएको थियो ।
प्रतिक्रिया