प्रधानमन्त्रीसँगको छलफलपछि डा. केसीले गरे पूर्वघोषित कार्यक्रम स्थगित « Khabarhub

प्रधानमन्त्रीसँगको छलफलपछि डा. केसीले गरे पूर्वघोषित कार्यक्रम स्थगित


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा केसीले जानकारी दिए ।

सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, स्वास्थ्यराज्यमन्त्रीसँग जोडिएको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको डा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्दोलन टुङ्ग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा सचिव बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई काानूनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अगाडि बढाइने भएको छ ।

प्रदेश प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज स्थापना तथा निर्माण कार्यलाई तीव्र पार्ने र चिकित्सा शिक्षा ऐनमा संशोधनलगायत बाँकी माग तथा यसअघि सरकारले केसीसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारका तर्फबाट आएको केसीको भनाइ छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : २१ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा