विश्वकर्मा पूजाको धार्मिक महिमा के छ ? « Khabarhub

विश्वकर्मा पूजाको धार्मिक महिमा के छ ?


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरेर मनाइँदै छ । मेसिन तथा फलामे उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग विश्वकर्मा पूजा गर्दछन् ।

प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ ।

हिन्दु संस्कृति अन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्व दर्शाइएको छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी परापूर्वकालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरु बताउँछन् ।

भगवान विश्वकर्मा सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।

आज सवारीसाधन, मेसिन, कल पाटपुर्जा तथा धातुका उपकरणको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ ।

विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : १५ बजे

छिन्नभिन्न कोशीका पहिचानवादी : सडकको मोर्चामा एकजुट हुनेहरू जनमतमा सधैँ चुक्छन्

काठमाडौं- पूर्वी नेपालमा दुई दशकभन्दा अघिदेखि पहिचानको मुद्दा उठिरहेको छ

अमेरिकी पहलमा चार वर्षपछि शान्ति प्रयास फेरि सक्रिय

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न

काभ्रे-१ मा शिक्षा र पूर्वाधारमा कायाकल्प गर्ने  गुणराजको संकल्प

काठमाडौं– यसपटकको संसद्‍मा पुराना दलका थुप्रै नेताहरूको अनुहार देख्न पाइने

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका

खैबर पख्तुनख्वामा घातक विस्फोट

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः