भिडियोको बौद्धिक सम्पत्तिको संरक्षण गर्दै भिडियो निर्देशक समाज « Khabarhub

भिडियोको बौद्धिक सम्पत्तिको संरक्षण गर्दै भिडियो निर्देशक समाज


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका विभिन्न सिर्जनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ । समाजको केन्द्रीय कार्यालय मालीगाउँ, काठमाडौंमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिलिपि अधिकारको सुरक्षाको लागि समाजले कार्यविधि बनाएर सम्बन्धित पक्षहरुसँग सहकार्य गरी अघि बढ्ने गरि निर्णय भएको समाजका महासचिव सुब्रतराज आचार्यले बताए ।

‘विश्वभरी सार्वजनिक स्थानहरु जस्तैः क्याफे—रेष्टुराँ, बार तथा क्लवहरु, सार्वजनिक यातायात, एअरपोर्ट, बसपार्क, सार्वजनिक कन्सर्ट–कार्यक्रमहरु, हवाईजहाज लगायतमा नेपाली म्यूजिक भिडियोहरु प्रदर्शनी हुन्छ भने त्यसबापत सर्जकहरुले प्राप्त गर्नुपर्ने बौद्धिक सम्पत्ति अन्तर्गतको अधिकार पाइरहेको अवस्था छैन । त्यसकारण म्यूजिक भिडियो निर्देशक समाजको अगुवाईमा नेपालका सम्पूर्ण भिडियो निर्देशक, कोरियोग्राफर तथा छायाकारहरुको बौद्धिक सम्पत्ति रक्षार्थ यो निर्णय गरिएको हो’, आचार्यले बताए ।

यो कामबाट म्युजिक भिडियोका सर्जकहरुको अधिकार सुनिश्चित भई आर्थिक लाभ प्राप्त हुने र यो निर्णय ऐतिहासिक हुने महासचिव आचार्यको दाबी छ ।

बैठकले म्यूजिक भिडियोलाई राज्य मातहत ल्याउनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । ‘हालको अवस्थामा म्यूजिक भिडियोहरु राज्यको मातहतमा नरहेकोले म्यूजिक भिडियोलाइ पनि फिल्म निर्माणको एक पाटोमा राख्नु पर्ने आवश्यकता रहेको छ । त्यसकारण म्यूजिक भिडियोलाई पनि राज्यको सम्बन्धित निकाय मातहतमा ल्याउनको लागि आवश्यक प्रक्रिया तत्काल सुरु गर्ने निर्णय पनि गरेका हौँ’, समाजका अध्यक्ष विधान कार्कीले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : १२ बजे

सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत

काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध

मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले

रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति

काठमाडौं– बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धनगढीमा आयोजित चुनावी सभामा

मधेसका प्रदेश प्रमुख कर्णद्वारा प्रजातन्त्र दिवसको शुभकामना

महेन्द्रनगर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५ औँ राष्ट्रिय प्रजातन्त्र

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

एजेन्सी– चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण विस्फोटले