प्रदेश सुरक्षा समितिको बैठकमा गृहमन्त्रीले भने : अपराध न्यूनीकरणमा ध्यान दिनुहोस् « Khabarhub

प्रदेश सुरक्षा समितिको बैठकमा गृहमन्त्रीले भने : अपराध न्यूनीकरणमा ध्यान दिनुहोस्


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून (गृहमन्त्री) मन्त्री डाक्टर अजय क्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।

प्रदेश सुरक्षा समितिका संयोजक समेत रहेका मन्त्री शाक्यको संयोजकत्वमा बसेको बैठकमा बागमती प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतिका विषयमा प्रस्तुतीकरण भएको थियो ।

बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपद्, सडक सुरक्षा, विभिन्‍न घटनाको प्रतिकृया स्वरुप हुन सक्ने विरोध प्रदर्शन र यसले थप्‍ने सुरक्षा चुनौतिका विषयमा छलफल भएको मन्त्री शाक्यले जानकारी दिए ।

नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी हुन सक्ने अपराधका घटना न्यूनीकरण गर्न मन्त्री शाक्यले उपस्थित सबै सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन दिए।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : १७ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको