प्रदेश सुरक्षा समितिको बैठकमा गृहमन्त्रीले भने : अपराध न्यूनीकरणमा ध्यान दिनुहोस् « Khabarhub

प्रदेश सुरक्षा समितिको बैठकमा गृहमन्त्रीले भने : अपराध न्यूनीकरणमा ध्यान दिनुहोस्


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून (गृहमन्त्री) मन्त्री डाक्टर अजय क्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।

प्रदेश सुरक्षा समितिका संयोजक समेत रहेका मन्त्री शाक्यको संयोजकत्वमा बसेको बैठकमा बागमती प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतिका विषयमा प्रस्तुतीकरण भएको थियो ।

बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपद्, सडक सुरक्षा, विभिन्‍न घटनाको प्रतिकृया स्वरुप हुन सक्ने विरोध प्रदर्शन र यसले थप्‍ने सुरक्षा चुनौतिका विषयमा छलफल भएको मन्त्री शाक्यले जानकारी दिए ।

नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी हुन सक्ने अपराधका घटना न्यूनीकरण गर्न मन्त्री शाक्यले उपस्थित सबै सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन दिए।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : १७ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको