राष्ट्रिय समृद्धिको पर्वका रूपमा मनाईंदै विश्वकर्मा पूजा | Khabarhub Khabarhub

राष्ट्रिय समृद्धिको पर्वका रूपमा मनाईंदै विश्वकर्मा पूजा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरेक वर्ष सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रूपमा मनाउने प्रचलन रहिआएको छ । सौरमासअनुसार हरेक वर्ष असोज १ गते वास्तुविद् तथा शिल्पकार भगवान विश्वकर्मा बाबाको पूजागर्ने प्रचलन सदीयौंदेखि चलिआएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन् ।

विशेषगरी यसवर्ष हरिपरिवर्तिनी एकादशी व्रत, वास्तुदिवस, विश्वकर्मा पूजा, राष्ट्रिय चलचित्र दिवसर र राष्ट्रिय विज्ञान दिवससमेत परेकाले यस दिनलाई राष्ट्रिय समृद्धिको पर्वका रुपमा पनि मनाउन सकिने उनको भनाइ छ ।

‘धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । वैदिक सनातन हिन्दू धर्ममा विश्वकर्मा बाबालाई निर्माण, वास्तुकला, शिल्पकला, मूर्तिकला सवारी साधनलगायत समस्त सांसारिक कलात्मक वस्तुहरूको अधिष्ठात्र देवताका रूपमा पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ’, ज्योतिषी रिजाल भन्छन् ।

शास्त्रमा उल्लेख भएअनुसार सुनै सुनको दरबारका रूपमा चिनिने लंकालाई सम्पूर्ण वास्तुसम्मत् तरिकाबाट निर्माण गरेको हुनाले विश्वकर्मा बाबालाई वस्तुशास्त्रका पिताको रूपमा वास्तुविद्हरूले लिने गरेका छन् र उनीहहरूले वस्तु दिवसका रूपमा विश्वकर्माको पूजागरी मनाउँदै आएका छन् ।

विश्वकर्माका ऋद्धि– सिद्धि र संज्ञा नामका तीनवटा छोरीहरू थिए, जसमध्ये ऋद्धि र सिद्धि नाम गरेका दुईवटी छोरिको विवाह भगवान् चन्द्रशेखर तथा माता पार्वती पुत्र गणेश भगवानसँग भएको हो भने संज्ञाको विवाह महर्षी कश्यप तथा देवी अदितिका पुत्र सूर्यनारायणसँग भएको शास्त्रमा उल्लेख गरिएको उनी बताउँछन् ।

विश्वकर्मा पूजा राष्ट्र, राष्ट्रियताका साथै जनकल्याणकारीका रूपमा परिचित एक मर्यादित पूजा हो । प्रत्येक प्राणी सृष्टिकर्ता, शिल्प कलाधिपति, मेसिनरी कलाका जानकार तथा विज्ञानका सर्जक भगवान विश्वकर्माको पूजाअर्चनासँगै राष्ट्रिय उन्नतिका लागि पनि विश्वकर्मा पूजागर्नु पर्ने नियम रहिआएको ज्योतिषी रिजालले बताए ।

विवाहदिषु यज्ञषु गृहारामविधायके ।
सर्वकर्मसु संपूज्यो विशवकर्मा इति श्रुतम।।

विश्व ब्रह्माण्डका दिव्य वास्तुकार भगवान विश्वकर्मा पूजालाई आश्विन संक्रान्तिका नामले पनि पूजागर्ने परम्परा रहिआएको छ । मानिसले जन्मजात नै अष्ट सिद्धिमध्ये कुनै एक कलाको सिद्धि गरेको हुन्छ र त्यही कलाको पूजा नै विश्वकर्मा पूजा हो । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआरधना गर्नेछन् । वैदिक कालमा प्रयोग भएका विभिन्न हात हतियार वायुयान, कलात्मकशैलीमा निर्माण भएका दरबारका रचयिता तथा निर्माताकार हुन् ।

आधुनिक विज्ञानले वैदिक कालमा प्रयोग भएका आकाशवाणी, पुष्पविमान, जसलाई लंकाका राजा रावणले समेत प्रयोमा ल्याएका थिए भने रामवाणका रूपमा चिनिएको अत्याधुनिक हतियार लगाएका वस्तुहरूको आधुनिक विज्ञानले समेत नयाँ शैलीमा प्रयोगमा ल्याएको छ । मानिसको मनले जति पनि कल्पना गर्ने विचारहरू छन्, ती सबै विचार तथा कल्पनाहरू महाभारत कालमा प्रयोगमा भैसकेका छन् । आधुनिक विज्ञानले वैदिक कालमा प्रयोग भएका कला र सृष्टिको अनुसन्धानका लागि अहिले आधुनिक विज्ञानले अर्बौँ डलर खर्च गरिसकेको ज्योतिषी तथा वास्तुविद् रिजाल बताउँछन् । न्यूज कारखाना

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : ५१ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन