आमा बन्दै काजल अग्रवाल « Khabarhub

आमा बन्दै काजल अग्रवाल


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– फिल्म ‘सिंघम’ फेम अभिनेत्री काजल अग्रवाल हालका दिनमा गर्भवती भएको खबरले चर्चामा छिन् । गत वर्षको अक्टोबर ३० मा प्रेमी गौतम किचलूसँग काजलले मुम्बईमा विवाह गरेकी थिइन् । यो विवाहमा उनको परिवार र केही नजिकका साथीहरुलाई मात्र बोलाइएको थियो ।

विवाह पछि दुवैजना बिदा मनाउन गएका थिए । जसको तस्वीर काजलले सामाजिक सञ्जालमा राखेकी थिइन् । काजल गर्भवती भएको समाचार सञ्चारमाध्यममा आए पनि काजल र गौतमले यो विषयमा केही बोलेका छैनन् ।

काजलले आफू गर्भवती भएको विषयमा केही नबोले पनि उनले दुई ठूला फिल्मको सुटिङ रोकेपछि उनी गर्भवती भएको हो कि भन्ने अनुमान लगाइएको छ । उनले तत्कालका लागि कुनै पनि नयाँ फिल्ममा सम्झौता गरेकी छैनन् । चाँडै आमा बन्न सक्ने भएकाले पनि उनले सुटिङको काम रोकेको परिवारका एक सदस्यले बताए ।

हालका दिनमा काजलले काम गरिरहेको फिल्म ‘आचार्य’ र ‘घोस्ट’को निर्मातालाई उनी गर्भवती भएको खबर गरिएको छ । निर्माताले पनि उनलाई फिल्मको काम चाँडो गर्न या ब्रेक लिन भनेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय हुने यी अभिनेत्री लामो समयदेखि सामाजिक सञ्जालबाट पनि टाढिएकी छन् । यसको कारण पनि उनको गर्भावस्थालाई नै मानिएको छ । केही समय अघि काजलको बहिनीले पनि काजल चाँडै आमा बनोस् भन्ने चाहना रहेको खुलाएकी थिइन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : २८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी