डडेल्धुरा विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा « Khabarhub

डडेल्धुरा विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गएको भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चर्किएपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।

सभापति देउवा इतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट शुक्रबार सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सभागी रहेको बालुवाटार निकट स्रोतले जनायो ।

पौडेल पक्षले डडेल्धुराको विषयमा विवाद झिकेपछि सभापतिले बैठक बोलाएको देउवा निकट एकनेताले जानकारी दिए । अहिले बैठक चलिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : १९ बजे

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही