नेपाल बङ्गलादेश बैंकको १०औं विस्तारित सेवा केन्द्र शुरु | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकको १०औं विस्तारित सेवा केन्द्र शुरु


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालीकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि. को हाताभित्र आफ्नो १०औ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ ।

ad
उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन् ।

हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लि.लाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैकिङ्ग प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

“सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ३९ बजे

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री 

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल 

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी

प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल