कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ । शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले सार्वजनिक हुन बाँकी रहेका १२ जिल्लाको क्रियाशील सदस्यता शनिबार दिउँसो १ बजेसम्म टुङ्ग्याएर निर्वाचन समितिलाई सार्वजनिक गर्न दिने सहमति भएको एक नेताले जानकारी दिए ।

उनका अनुसार कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिको बैठक बसेर क्रियाशील विवाद समाधान गर्ने सहमति भएको छ । यही असोज ५ गते वडा अधिवेशन हुन बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन गर्ने कार्यतालिका छ ।

तर, हालसम्म २० मध्ये ८ जिल्लाकोमात्र क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ । अझै १२ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन नसक्दा ती जिल्लाहरुमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि खटाउन सकेको छैन ।

प्रदेश नम्बर २ का सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लाहरुको वडा अधिवेशन असोज ५ गते गर्ने कार्यतालिका छ ।

उता सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भदौ २५ गते भएको अधिवेशनबारे भने शुक्रबारको बैठकमा खासै छलफल नभएको एक नेताले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २५ गतेको सो वडा अधिवेशन अस्वीकार्य रहेको बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ०० बजे

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)

यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा

लेभरकुसेनसँग म्याचेस्टर सिटी २-० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी