सुदूरपश्चिममा नेकपा (एस) का दुई मन्त्रीले लिए शपथ « Khabarhub

सुदूरपश्चिममा नेकपा (एस) का दुई मन्त्रीले लिए शपथ


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले शुक्रबार दुईजना मन्त्री नियुक्त गरेका हुन् ।

अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले शपथ ग्रहण गराएका छन् । राज्यमन्त्री बोहरालाई मुख्यमन्त्रीले शपथ गराएका हुन् ।

नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) कुनै सरकारमा सहभागी भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ०८ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा