अफगानिस्तानमा तालिवानले लगाएका पाँच प्रतिबन्ध « Khabarhub

अफगानिस्तानमा तालिवानले लगाएका पाँच प्रतिबन्ध


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध यी हुन्।

१- हजामलाई दाह्री काट्न प्रतिवन्ध
तालिवानले अफगानिस्तानका नाऊ ९हजाम०हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम नमान्नेलाई सजाँय दिइने तालिवानको चेतावनी छ । हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताएका छन् । तालिवानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाटसमेत चेतावनी दिएका छन् ।

२- शौचालय सफा गर्नेबाहेक अन्य कर्मचारी घरमै बस्न आदेश
तालिवानले काबुल महानगरका महिला कर्मचारीलाई अन्य व्यवस्था नहुन्जेल घरमै बस्न उर्दी जारी गरेको छ । तर, महिला शौचालय सफा गर्ने कर्मचारीलाई भने अनिवार्य उपस्थित हुन भनेको छ ।

३- सरकारी महिला कर्मचारीलाई काममा नर्फकन उर्दी
पहिलो शासनकालमा तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । तालिवानले दोस्रो पटक सत्ता कब्जा गरेसँगै महिलाका अधिकार कटौती हुने धेरैले आशंका गरेका थिए । आखिर सर्वसाधरणले जे अनुमान गरेका थिए, त्यही भएको छ ।

४- छात्रालाई अलग्गै अध्ययन
सत्ता सम्हालेको दुई सातामै तालिवानले अफगान छात्राका लागि कडा नियम ल्याएको थियो । जसअनुसार अफगान विद्यालयमा छात्रछात्रासँगै पढ्न पाउने छैनन् । त्यस्तै, पुरुष शिक्षकले छात्रालाई पढाउन पाउने छैनन् । पढाउनै परेमा पर्दापछाडिबाट आधुनिक प्रबिधिको प्रयोग गर्न सक्ने जनाइएको छ ।

५- विश्वविद्यालयमा छात्रालाई प्रतिबन्ध
तालिवानले विश्वविद्यालयमा महिलाहरुलाई नजान भनेको छ । महिलाहरुले पढ्ने वातावरण नभएको भन्दै महिला अध्ययनमा प्रतिबन्ध लगाएको हो । तालिवानको प्रतिबन्धले विश्वविद्यालयका हजारौं छात्रा प्रभावित भएका छन् । काबुल विश्वविद्यालयका कूल विद्यार्थीको ४३ प्रतिशत छात्रा छन् । यसअघि तालिवानले विश्वविद्यालयका छात्रालाई अलग्गै पोसाक लगाउन बाध्य पारेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १ : १९ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार