अफगानिस्तानमा तालिवानले लगाएका पाँच प्रतिबन्ध | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिवानले लगाएका पाँच प्रतिबन्ध


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध यी हुन्।

१- हजामलाई दाह्री काट्न प्रतिवन्ध
तालिवानले अफगानिस्तानका नाऊ ९हजाम०हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम नमान्नेलाई सजाँय दिइने तालिवानको चेतावनी छ । हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताएका छन् । तालिवानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाटसमेत चेतावनी दिएका छन् ।

२- शौचालय सफा गर्नेबाहेक अन्य कर्मचारी घरमै बस्न आदेश
तालिवानले काबुल महानगरका महिला कर्मचारीलाई अन्य व्यवस्था नहुन्जेल घरमै बस्न उर्दी जारी गरेको छ । तर, महिला शौचालय सफा गर्ने कर्मचारीलाई भने अनिवार्य उपस्थित हुन भनेको छ ।

३- सरकारी महिला कर्मचारीलाई काममा नर्फकन उर्दी
पहिलो शासनकालमा तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । तालिवानले दोस्रो पटक सत्ता कब्जा गरेसँगै महिलाका अधिकार कटौती हुने धेरैले आशंका गरेका थिए । आखिर सर्वसाधरणले जे अनुमान गरेका थिए, त्यही भएको छ ।

४- छात्रालाई अलग्गै अध्ययन
सत्ता सम्हालेको दुई सातामै तालिवानले अफगान छात्राका लागि कडा नियम ल्याएको थियो । जसअनुसार अफगान विद्यालयमा छात्रछात्रासँगै पढ्न पाउने छैनन् । त्यस्तै, पुरुष शिक्षकले छात्रालाई पढाउन पाउने छैनन् । पढाउनै परेमा पर्दापछाडिबाट आधुनिक प्रबिधिको प्रयोग गर्न सक्ने जनाइएको छ ।

५- विश्वविद्यालयमा छात्रालाई प्रतिबन्ध
तालिवानले विश्वविद्यालयमा महिलाहरुलाई नजान भनेको छ । महिलाहरुले पढ्ने वातावरण नभएको भन्दै महिला अध्ययनमा प्रतिबन्ध लगाएको हो । तालिवानको प्रतिबन्धले विश्वविद्यालयका हजारौं छात्रा प्रभावित भएका छन् । काबुल विश्वविद्यालयका कूल विद्यार्थीको ४३ प्रतिशत छात्रा छन् । यसअघि तालिवानले विश्वविद्यालयका छात्रालाई अलग्गै पोसाक लगाउन बाध्य पारेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १ : १९ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा