अमेध्यंको सांगीतिक ‘च च हुई’ « Khabarhub

अमेध्यंको सांगीतिक ‘च च हुई’


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बुटवलमा रहेको ब्याण्ड ‘अमेध्यं’ले दशैं र तिहारलाई लक्षित गर्दै ‘च च हुई’बोलको भिडियो सार्वजनिक गरेको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले पहिलो एलबमको पहिलो गीत सार्वजनिक गरेको हो ।

भिडियोमा समुदायबाट हराउदै गएको लिंगे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड दिइएको छ । गीतमा सुजल रानाको स्वर, ओम शंकर श्रेष्ठको शब्द छ ।

भिडियोमा सुजल राना, विजय विश्वकर्मा, भिबास थापा मगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, विमा थापा मगर, अञ्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कुँवर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, ममता केसी, रामु रावल, चित्रबहादुर झेडी, किशोर सारु, तिलवीर खाम्चा र मन्दकुमारी खाम्चाको अभिनय छ ।

त्यस्तै भिडियोमा बाल कलाकारहरु अमृत राना, अमन खाम्चा, स्मृति खाम्चा, रश्मी खाम्चा, सुप्रिया राना, गीता राना, सबिन राना, हिमाल खाम्चा, अनुष्का राना, मौसम रानालगायतको पनि अभिनय छ । भिडियोमा आनन्द खड्का र बिमा थापा मगरको कोरियोग्राफी छ ।

अशोक थापा र शिशिर श्रेष्ठको कन्सेप्ट र कथा रहेको भिडियोमा आकाश धिमालको छायांकन र सम्पादन तथा आकाश धिमाल र रमेश रिजालको निर्देशन छ ।

व्याण्डका संस्थापक अशोक थापाले व्याण्डले १९७४ एडी, अलबर्टोस, मंगोलियन हार्ट, मन्त्र, सबिन राई, द एज व्याण्डलगायतसँग स्टेज सहकार्य गरिसकेको बताए ।

यो व्याण्ड २०१६ सालमा स्थापना भएको हो । ‘यो गीतमार्फत हामीले दर्शकलाई दशैं र तिहारको समयमा परम्परादेखि चल्दै आएको लिंगे पिङ संस्कृतिलाई जोगाइरहनुपर्ने सन्देश दिएका छौं’, थापाले भने ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १ : ५८ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको