अमेध्यंको सांगीतिक ‘च च हुई’ « Khabarhub

अमेध्यंको सांगीतिक ‘च च हुई’


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बुटवलमा रहेको ब्याण्ड ‘अमेध्यं’ले दशैं र तिहारलाई लक्षित गर्दै ‘च च हुई’बोलको भिडियो सार्वजनिक गरेको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले पहिलो एलबमको पहिलो गीत सार्वजनिक गरेको हो ।

भिडियोमा समुदायबाट हराउदै गएको लिंगे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड दिइएको छ । गीतमा सुजल रानाको स्वर, ओम शंकर श्रेष्ठको शब्द छ ।

भिडियोमा सुजल राना, विजय विश्वकर्मा, भिबास थापा मगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, विमा थापा मगर, अञ्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कुँवर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, ममता केसी, रामु रावल, चित्रबहादुर झेडी, किशोर सारु, तिलवीर खाम्चा र मन्दकुमारी खाम्चाको अभिनय छ ।

त्यस्तै भिडियोमा बाल कलाकारहरु अमृत राना, अमन खाम्चा, स्मृति खाम्चा, रश्मी खाम्चा, सुप्रिया राना, गीता राना, सबिन राना, हिमाल खाम्चा, अनुष्का राना, मौसम रानालगायतको पनि अभिनय छ । भिडियोमा आनन्द खड्का र बिमा थापा मगरको कोरियोग्राफी छ ।

अशोक थापा र शिशिर श्रेष्ठको कन्सेप्ट र कथा रहेको भिडियोमा आकाश धिमालको छायांकन र सम्पादन तथा आकाश धिमाल र रमेश रिजालको निर्देशन छ ।

व्याण्डका संस्थापक अशोक थापाले व्याण्डले १९७४ एडी, अलबर्टोस, मंगोलियन हार्ट, मन्त्र, सबिन राई, द एज व्याण्डलगायतसँग स्टेज सहकार्य गरिसकेको बताए ।

यो व्याण्ड २०१६ सालमा स्थापना भएको हो । ‘यो गीतमार्फत हामीले दर्शकलाई दशैं र तिहारको समयमा परम्परादेखि चल्दै आएको लिंगे पिङ संस्कृतिलाई जोगाइरहनुपर्ने सन्देश दिएका छौं’, थापाले भने ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १ : ५८ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले