स्थानीय तहको विकास : चार वर्षमा १५ सय मिटर सडक ढलान « Khabarhub

स्थानीय तहको विकास : चार वर्षमा १५ सय मिटर सडक ढलान


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले चार वर्षमा १५ सय मिटर सडक ढलान गरेको छ । स्थानीय तह कार्यालयमा आएको चार वर्षे अवधिमा एक हजार ५४६ मिटर सडक ढलान भएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेशको समन्वयमा दुई खण्डमा गरी पाँच हजार पाँच सय कालोपत्रे गर्ने तयारी छ ।

तत्कालीन जिल्ला विकास समिति र गाउँविकास समिति हुँदा इन्जिनियरिङ्ग डिजाइनबिना निर्माण गरिएको कच्ची सडक नियमित सञ्चालन हुन कठिन भएपछि गाउँपालिकाले त्यसको गुणस्तर सुधार गर्दै कालोपत्रे गर्ने तयारी थालेको हो ।

कच्ची सडक बर्खाको समयमा सञ्चालनमा आउनै नसक्ने भएपछि गाउँपालिकाले हरेक वडाका मुख्य सडकमा कच्ची नाली, साँघुरो तथा पहिरोको जोखिम क्षेत्रमा ग्याविन भर्ने कठिन घुम्ती फराकिलो बनाउनुका साथै धेरै उकालो र पानी बग्ने ठाउँमा हिम पाईप विछ्याने र सडक ढलान गरेको हो ।

तत्काललाई ग्रामिण सडकमा नियमित सवारी चल्न सक्ने गरी स्तरवृद्धि गरेको अध्यक्ष थापाको भनाइ छ । कालोपत्रेको लागि बजेट अभाव छ । संघ र प्रदेश सरकारसँगको समन्वयमा चालु आर्थिक बर्षमा वडाका महत्वपूर्ण सडक पाँच किलो मिटर कालोपत्रे गर्ने योजना छ ।

अक्षतेदेखि, बिहुँ सुल्डाडा हुँदै लेखानी जाने सडकको ९८२ मिटर र बिहुँ जलजलादेखि रेश वडा कार्यालय जोड्ने सडकको जलजलासम्म साढे पाँच किलो मिटर सडक कालोपत्रे गरिएको छ । दुवै खण्डको सडक पूर्ण रुपमा कालोपत्रे हुन बाँकी छ ।

गाउँपालिकको कार्यालय जोडने गरी एकपाता, दोभिल्ला, सुल्डाँडा हुँदै अक्षते जोड्ने सडकलाई प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी अगाडि बढेको अध्यक्ष थापाको भनाइ छ । सडक योजना सञ्चालन गर्दा ५० प्रतिशत संरचनाको काम अनिवार्य गरिएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ०० बजे

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट