दिल्लीमा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गरिँदै « Khabarhub

दिल्लीमा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गरिँदै


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि एक हप्ता घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ। साथै निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ।

संघीय सरकार र दिल्ली, पञ्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरूको आपतकालीन बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त वायु संकटसँग लड्न आदेश दिएको थियो । अहिले त्यहाँका विद्यालयहरू बन्द छन् ।

“आजको पञ्जाब, हरियाणा, उत्तर प्रदेश, हरियाणाका अधिकारीहरूसँगको बैठकमा हामीले (दिल्ली सरकारले) केन्द्रीय राजधानी क्षेत्र (एनसीआर) मा घरबाट काम गर्न लागू गर्नुपर्ने प्रस्ताव राख्यौं,” दिल्लीका वातावरणमन्त्री गोपाल राईले मंगलबार मिडियालाई भने ।

सोमबार संघीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ । औद्योगिक गतिविधिहरू र अत्यधिक सवारी साधनको चाप शहरको वायु प्रदूषणको मुख्य कारक बनेको छ ।

नोभेम्बरको शुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो । भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : १४ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी