विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित दुई जना पक्राउ « Khabarhub

विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित दुई जना पक्राउ


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित प्रहरीले दुई जनालाई नेपाल भारत सीमा बेलौरी नगरपालिका-१ फटैया दशगजाबाट पक्रेको छ।

भारतको बेङगलोरबाट सामान चोरी गरी ल्याएका कञ्चनपुर बेलौरीको फटैयाका ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका-१ चिसापानीका ३८ वर्षीया विष्णु शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुवै जनाको साथबाट भारतीय रकम ४३ हजार ९०० रूपैयाँ, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार २६०, अमेरिकी डलर एक हजार पाँच, क्यानेडियन डलर दुई हजार ८१०, मेलेसियन रिङगिट २३, सिंगापुर डलर १८, कतारी रियाल एक, दुबई दिराम १३०, चाइना युवान १६१ बरामद गरिएको छ।

यसैगरी सुनको गहना पत्थरसहित ४३९ दशमलब ८९ ग्राम, सुनको पत्थरसहित एक हजार ४७१ दशमलव १८ ग्राम, बिना पत्थरको सुन ४३९ दशमलव ८९ ग्राम र विभिन्न रंगका पत्थर एक हजार ९९८ ग्राम र चार वटा ल्यापटप बरामद गरिएको छ।

उनीहरूलाई भारतीय प्रहरीले पिछा गर्दै आए पनि उनीहरू नेपाल प्रवेश गरेपछि सशस्त्र प्रहरीलाई खबर गरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ३० बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने