विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित दुई जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित दुई जना पक्राउ


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित प्रहरीले दुई जनालाई नेपाल भारत सीमा बेलौरी नगरपालिका-१ फटैया दशगजाबाट पक्रेको छ।

भारतको बेङगलोरबाट सामान चोरी गरी ल्याएका कञ्चनपुर बेलौरीको फटैयाका ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका-१ चिसापानीका ३८ वर्षीया विष्णु शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुवै जनाको साथबाट भारतीय रकम ४३ हजार ९०० रूपैयाँ, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार २६०, अमेरिकी डलर एक हजार पाँच, क्यानेडियन डलर दुई हजार ८१०, मेलेसियन रिङगिट २३, सिंगापुर डलर १८, कतारी रियाल एक, दुबई दिराम १३०, चाइना युवान १६१ बरामद गरिएको छ।

यसैगरी सुनको गहना पत्थरसहित ४३९ दशमलब ८९ ग्राम, सुनको पत्थरसहित एक हजार ४७१ दशमलव १८ ग्राम, बिना पत्थरको सुन ४३९ दशमलव ८९ ग्राम र विभिन्न रंगका पत्थर एक हजार ९९८ ग्राम र चार वटा ल्यापटप बरामद गरिएको छ।

उनीहरूलाई भारतीय प्रहरीले पिछा गर्दै आए पनि उनीहरू नेपाल प्रवेश गरेपछि सशस्त्र प्रहरीलाई खबर गरेको थियो।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ३० बजे

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको

‘जनै हराएको मान्छे’ को ट्रेलर सार्वजनिक

काठमाडौं – नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ को अफिसियल ट्रेलर

आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा चर्चित

पौडी खेल्ने क्रममा मादी नदीले बगाएर एक जना बेपत्ता

तनहुँ – तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज

पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ

पोखरा– पोखरामा सुनको अवैध कारोबार फस्टाइरहेको पृष्ठभूमिमा प्रहरीले ‘अप्रेसन यल्लो