प्राणायाममार्फत यसरी बनाउनुहोस् चित्त एकाग्र « Khabarhub

प्राणायाममार्फत यसरी बनाउनुहोस् चित्त एकाग्र


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणायाम योगको एउटा मुख्य अङ्ग हो । योग भन्नासाथै मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरू मध्ये आफूले आफैमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो । डा. गोविन्द टन्डनको यो भनाइले नै योग हाम्रो जीवनमा कति महत्वपुर्ण छ भनेर बुझाउँछ । योगले केवल शरीर स्वस्थ्य बनाउन सहायता मात्र गर्दैन यसको माध्यमले चित्तमा एकाग्रता पनि बढाउँछ ।

यसरी गर्नुहोस् चित्तको एकाग्रताका लागी प्राणायाम :

– शवासन–शिथिलासनमा सुत्नुहोस् ।

– अब शरीरलाई एकदमै लचिलो बनाउनुहोस् ।

– त्यसपछि कानमा रुवा लगाएर आँखा बन्द गर्नुहोस्, जसबाट बाहिरको शब्द नसुनियोस् ।

– त्यसपछि दृष्टि नाकको टुप्पोमा राख्नुहोस् ।

– साधारण तरिकाले गहिरो श्वास लिने तथा छोड्ने गर्नुहोस् ।

– यहि बीचमा केही समय कुम्भक पनि गर्नुहोस् ।

– पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखी भूँईको बिचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्नुहोस् ।

– अब केही निन्द्रा जस्तो आउन खोज्छ । यदि त्यसो भयो भने त्यसलाई नतोड्नु होला ।

यस अवस्थामा ‘अनाहत’ नाद सुनिन थाल्छ र ज्योति स्वरूप परमात्माको दर्शन हुनाले चित्तको एकाग्रता दिन–दिनै बढ्दै जान्छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : २२ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी