सुकीविरुद्ध मुद्दा चलाउँदै म्यानमारको जुन्ता सरकार « Khabarhub

सुकीविरुद्ध मुद्दा चलाउँदै म्यानमारको जुन्ता सरकार


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यानमारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ। सोही आरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार मुद्दा लगाउने तयारी गरेको छ ।

फेब्रुबरीमा सेनाको कुपछि घरमै नजरबन्दमा रहेकी ७६ वर्षीय सुकी सार्वजनिक कार्यक्रममा देखिन छोडेकी छन् । तर, सेनाका प्रवत्ताले नजरबन्दमा रहेकी सुकीमाथि सरकारले राम्रो व्यवहार गरेको दाबी गरेका छन् । ‘घरमै नजरबन्दमा रहे पनि उनलाई आफ्ना मानिसहरूसँग भेटघाट गर्न दिएका छौं,’ प्रवत्ता जनरल जाउ मिन तुले भने ।

सुकीलाई सेनाले बोल्न नदिएको उनका वकिलले आरोप लगाउँदै आएका छन् । सुकीलाई भेट्न राष्ट्रसंघका अधिकारीले मागेको अनुमति सेनाले अस्वीकार गरेको छ ।

म्यानमारमा भइरहेको मानवताविरुद्ध अपराध छानबिन गर्न सरकारले सेनाका अधिकारीहरुलाई पहुँच नदिएको राष्ट्रसंघले गुनासो गर्दै आएको छ ।

तर, सरकारले राष्ट्रसंघको माग आफूहरुलाई अस्वीकार्य भएको बताउँदै आएको छ । ‘कथित मानवताविरुद्धको अपराध अनुसन्धान गर्ने यो उपर्युक्त समय होइन । उनीहरूका मागसँग हामी सहमत छैनौं । म्यानमारबारे उनीहरूले दिएको सुझाव रचनात्मक छैन्,’ प्रवत्ता तुले भने । राष्ट्रसंघले म्यानमारको सैन्य सरकारलाई मान्यता दिनुपर्ने उनको माग छ ।

गत वर्ष सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको सेनाको दाबी छ । निर्वाचनमा सुकीको पार्टीले एतिहासिक विजय प्राप्त गरेको थियो ।

निर्वाचन निस्पक्ष र धाँधलीरहित भएको निर्वाचन पर्यवेक्षकहरुले बताउँदै आएका छन् । सुकीमाथिको आरोप राजनीतिक दुरासयबाट प्रेरित रहेको उनीहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ०४ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने