संस्थागत जनगणनामा सुरक्षाकर्मी नै गणक « Khabarhub

संस्थागत जनगणनामा सुरक्षाकर्मी नै गणक


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– संस्थागत जनगणनाका लागि खोटाङमा सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायको संस्थागत जनगणनाका लागि तीन जना सुरक्षाकर्मीलाई गणकका रुपमा परिचालन गरेको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोईराला (जेबी)ले बताए ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा रहेका प्रहरीको जनगणनाका लागि नेपाल प्रहरी कै एक जना जवानलाई खटाएको छ । यस्तै, सशस्त्र प्रहरीको गुल्म र बेस क्याम्पमा रहेका सशस्त्र प्रहरीको जनगणनाका लागि सशस्त्र प्रहरीकै जवानलाई जिम्मेवारी दिएको छ । नेपाली सेनाको गणभित्रको जनगणना पनि सेनाकै एक जवानमार्फत भइरहेको जनगणना अधिकारी कोईरालाले बताए ।

जिल्ला कारागार दिक्तेलभित्र रहेका कैदी तथा बन्दीको जनगणनाको जिम्मा पनि नेपाल प्रहरी कै जवानलाई दिएको छ । यस्तै, कृषिविज्ञ मदन राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँमा स्थापना गरेको शुभद्रा–मदन फाउण्डेसनमा आवासीय अध्ययन गरिरहेका शिक्षक-विद्यार्थीको गणनाका लागि सशस्त्र प्रहरीको जवानलाई खटाइएको छ । संस्थागत जनगणना गर्ने सुरक्षाकर्मीलाई पनि अन्यलाई सरह नै तालिम दिएको कोईरालाले बताए । धेरै ठाउँबाट एकै ठाउँमा भेला भएर एउटै भान्छामा खाना खाने व्यक्तिलाई संस्थागत अन्तर्गत गणना गर्ने व्यवस्था छ ।

२५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने जनगणनाका लागि खोटाङमा दुई सय ९० गणक खटाइएकाे छ । ‘कोही नछुट्ने र कोही नदोहोरिने गरी अक्सर बसोबास गर्ने परिवारका अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको’ गणना मुख्य प्रश्नावलीमार्फत सुरू गरिएको जनगणना अधिकारी कोईरालाले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ०५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट