संस्थागत जनगणनामा सुरक्षाकर्मी नै गणक « Khabarhub

संस्थागत जनगणनामा सुरक्षाकर्मी नै गणक


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– संस्थागत जनगणनाका लागि खोटाङमा सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायको संस्थागत जनगणनाका लागि तीन जना सुरक्षाकर्मीलाई गणकका रुपमा परिचालन गरेको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोईराला (जेबी)ले बताए ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा रहेका प्रहरीको जनगणनाका लागि नेपाल प्रहरी कै एक जना जवानलाई खटाएको छ । यस्तै, सशस्त्र प्रहरीको गुल्म र बेस क्याम्पमा रहेका सशस्त्र प्रहरीको जनगणनाका लागि सशस्त्र प्रहरीकै जवानलाई जिम्मेवारी दिएको छ । नेपाली सेनाको गणभित्रको जनगणना पनि सेनाकै एक जवानमार्फत भइरहेको जनगणना अधिकारी कोईरालाले बताए ।

जिल्ला कारागार दिक्तेलभित्र रहेका कैदी तथा बन्दीको जनगणनाको जिम्मा पनि नेपाल प्रहरी कै जवानलाई दिएको छ । यस्तै, कृषिविज्ञ मदन राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँमा स्थापना गरेको शुभद्रा–मदन फाउण्डेसनमा आवासीय अध्ययन गरिरहेका शिक्षक-विद्यार्थीको गणनाका लागि सशस्त्र प्रहरीको जवानलाई खटाइएको छ । संस्थागत जनगणना गर्ने सुरक्षाकर्मीलाई पनि अन्यलाई सरह नै तालिम दिएको कोईरालाले बताए । धेरै ठाउँबाट एकै ठाउँमा भेला भएर एउटै भान्छामा खाना खाने व्यक्तिलाई संस्थागत अन्तर्गत गणना गर्ने व्यवस्था छ ।

२५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने जनगणनाका लागि खोटाङमा दुई सय ९० गणक खटाइएकाे छ । ‘कोही नछुट्ने र कोही नदोहोरिने गरी अक्सर बसोबास गर्ने परिवारका अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको’ गणना मुख्य प्रश्नावलीमार्फत सुरू गरिएको जनगणना अधिकारी कोईरालाले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ०५ बजे

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल