सूर्याको घरमा प्रहरी तैनाथ « Khabarhub

सूर्याको घरमा प्रहरी तैनाथ


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– गत नोभेम्बर २ मा अमेजन प्राइम भिडियोमा रिलिज फिल्म ‘जय भीम’का हालका दिनमा चर्चामा छन् । फिल्मको दृश्यमाथि सुरु भएको विवाद समाधान हुने कुनै छाँटकाँट छैन ।

हालैमात्र वनिन्यार संग्मका प्रदेश अध्यक्षले अभिनेता सूर्या, ज्योतिका, अमेजन प्राइम भिडियो र फिल्म ‘जय भीम’का निर्देशक टीजे ग्नानवेललाई कानूनी नोटिस पठाएका थिए । जहाँ उनले फिल्ममा देखाइएको समुदायसँग माफी माग्दै समुदायसँग जोडिएका सबै दृश्य हटाउन माग गरेका थिए । उनले एक हप्ता भित्र मुआब्जाको रुपमा पाँच करोड रुपैंयाँ दिन माग गरेका छन् ।

यसैबीच सूर्याको घरमा प्रहरी तैनाथ गरिएको छ । फिल्ममा रहेका केही दृश्यमा आपत्ति जनाउदै अभिनेतालाई विभिन्न व्यक्तिहरुले धम्की दिइरहेका छन् । उनको टीनगरस्थित घर बाहिर पाँच हतियारधारी प्रहरी तैनाथ गरिएको छ ।

फिल्ममा इरुलर समुदायका जनजातिको बारेमा देखाइएको छ । उनीहरुलाई कसरी हिरासतमा यातना दिइन्थ्यो भन्ने देखाइएको छ । फिल्ममा हिन्दी भाषी मानिसहरुलाई एक दृश्यबाट रिस उठाएको थियो । जसमा प्रकाश राजलाई हिन्दी बोल्नका लागि एक व्यक्तिले थप्पड मार्छन् ।

अर्को एक दृश्यमा अग्नी कुण्डमलाई एक क्यालेण्डरमा देखाइएको छ । अग्नी कुण्डम वन्नियारहरुको प्रतिक हो । उजुरीमा निर्माताहरुले जानेर बुझेर क्यालेण्डरमा राखेको दाबी गरिएको छ ।

सूर्याले एक विज्ञप्ती जारी गर्दै उनको फिल्म र उनको कुनै व्यक्ति वा समुदायको अपमान गर्ने उद्देश्य नरहेको बताएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै