सूर्याको घरमा प्रहरी तैनाथ « Khabarhub

सूर्याको घरमा प्रहरी तैनाथ


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– गत नोभेम्बर २ मा अमेजन प्राइम भिडियोमा रिलिज फिल्म ‘जय भीम’का हालका दिनमा चर्चामा छन् । फिल्मको दृश्यमाथि सुरु भएको विवाद समाधान हुने कुनै छाँटकाँट छैन ।

हालैमात्र वनिन्यार संग्मका प्रदेश अध्यक्षले अभिनेता सूर्या, ज्योतिका, अमेजन प्राइम भिडियो र फिल्म ‘जय भीम’का निर्देशक टीजे ग्नानवेललाई कानूनी नोटिस पठाएका थिए । जहाँ उनले फिल्ममा देखाइएको समुदायसँग माफी माग्दै समुदायसँग जोडिएका सबै दृश्य हटाउन माग गरेका थिए । उनले एक हप्ता भित्र मुआब्जाको रुपमा पाँच करोड रुपैंयाँ दिन माग गरेका छन् ।

यसैबीच सूर्याको घरमा प्रहरी तैनाथ गरिएको छ । फिल्ममा रहेका केही दृश्यमा आपत्ति जनाउदै अभिनेतालाई विभिन्न व्यक्तिहरुले धम्की दिइरहेका छन् । उनको टीनगरस्थित घर बाहिर पाँच हतियारधारी प्रहरी तैनाथ गरिएको छ ।

फिल्ममा इरुलर समुदायका जनजातिको बारेमा देखाइएको छ । उनीहरुलाई कसरी हिरासतमा यातना दिइन्थ्यो भन्ने देखाइएको छ । फिल्ममा हिन्दी भाषी मानिसहरुलाई एक दृश्यबाट रिस उठाएको थियो । जसमा प्रकाश राजलाई हिन्दी बोल्नका लागि एक व्यक्तिले थप्पड मार्छन् ।

अर्को एक दृश्यमा अग्नी कुण्डमलाई एक क्यालेण्डरमा देखाइएको छ । अग्नी कुण्डम वन्नियारहरुको प्रतिक हो । उजुरीमा निर्माताहरुले जानेर बुझेर क्यालेण्डरमा राखेको दाबी गरिएको छ ।

सूर्याले एक विज्ञप्ती जारी गर्दै उनको फिल्म र उनको कुनै व्यक्ति वा समुदायको अपमान गर्ने उद्देश्य नरहेको बताएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ११ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य