प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत (भिडियोसहित) « Khabarhub

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत (भिडियोसहित)


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।

आजको प्रदेशसभा बैठकमा उनले ५० मत पाए । आफूलाई प्रदेशसभाको विश्वास छ भनेर मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा राखेको प्रस्तावमा उनको विपक्षमा २९ मत परेको थियो ।

उनको पक्षमा आएको मतले उनलाई बहमुत पुगेकाले मुख्यमन्त्रीका रुपमा राईले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ । आजको मतदानमा ७९ जना उपस्थित थिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ३७ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा