न्यायाधीशहरूलाई फैसला गरेर देखाउन बरिष्ठ अधिवक्ता थापाले दिए चुनौती « Khabarhub

न्यायाधीशहरूलाई फैसला गरेर देखाउन बरिष्ठ अधिवक्ता थापाले दिए चुनौती


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा फर्किएका न्यायाधीशहरूलाई फैसला गरेर देखाउन चुनौती दिएका छन् ।

बुधबार बारको आन्दोलनमा बोल्दै थापाले कानून व्यवसायीहरूले बहस नगरेको मुद्दामा फैसला गरेर देखाउन न्यायाधीशहरूलाई चुनौती दिएका हुन् । उनका अनुसार कानून व्यवसायी बेगर फैसला हुन सक्दैन ।

उनले भने, ‘घुस खाने प्रधानन्यायाधीशले तोकेको इजलासमा बस्नुभयो भने तपाईंहरू पनि दुषित हुनुहुन्छ ।’

नेपाल बारले न्यायालयका मुख्य समस्या नै सफा गर्ने गरी आन्दोलन गरेको उनले बताए ।

प्रधानन्यायाधीशलाई हटाउनमात्र बारले आन्दोलन नगरेको बताउँदै थापाले अर्को प्रधानन्यायाधीश आएपछि कुन–कुन न्यायाधीश र कानून व्यवसायीले भ्रष्टाचार गरेका छन् भन्ने कुराको छानविन समेत हुन्छ । यो आन्दोलन नभएर न्यायालयको शुद्धीकरणको अभियान भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ४८ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न